Siraha Times
ताजा समाचार

लहानमा समाजवादी किसान महासंघको नगर समिति गठन

  • माघ २४, २०८१
  • ११५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, माघ २४ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को भातृ संगठन समाजवादी किसान महासंघ नेपालले सिरहाको लहान नगरपालिका स्तरीय नगर समिति गठन गरेको छ। लहानस्थित कुशवाहा धर्मशालाको सभाहलमा आयोजित नगर भेलाले प्रमोद महतोको अध्यक्षतामा १९ सदस्यीय लहान नगर समिति चयन गरेको हो। नगर भेला समाजवादी किसान महासंघ नेपालका मधेस प्रदेश समिति अध्यक्ष हरेराम यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जसपाका केन्द्रीय सदस्य एवं कृषि तथा भूमि व्यवस्था विभागका सचिव सुरेन्द्र कुमार साह प्रमुख अतिथि रहेका थिए।

जसपा केन्द्रीय सदस्य तथा मधेस प्रदेश सांसद ललिता विद्रोही, प्रदेश सदस्य एवं लहान उपमेयर राम चरित्र महतो, समाजवादी किसान महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष उमेश्वर झा, सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष प्रयागलाल यादव, मधेस प्रदेश सचिव साबिर खान, जसपा लहान नगर अध्यक्ष तथा जिल्ला समन्वय समिति अध्यक्ष दिनेश महतो लगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो। उक्त भेलाले समाजवादी किसान महासंघ मधेस प्रदेश समितिको मुख्य सचिवमा ललितनारायण महतोलाई चयन गरेको छ।

कार्यक्रममा उपस्थित नेताहरूले किसानहरूको हक, अधिकार र समस्याबारे चर्चा गर्दै संगठनलाई अझै सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए। समाजवादी किसान महासंघ नेपालले कृषिमा आधारित मधेसको अर्थतन्त्रलाई सुदृढ बनाउन किसानहरूको हकहितका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

प्रदीप दाहालको पहलमा ...

​जेठ ३०, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा विद्युत विस्तार र सुदृढीकरणको क ...

बालविवाह तथा जबरजस्त ...

कपिलवस्तु लालु चौधरी जेठ ३० । "मौनता तोडौंः सामुदायिक नेतृत्वमा लैङ्गिक हिंसा रोकथाम परियोजना" अन्तर ...

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१