अध्यादेश बारे सकसमा जसपा नेपाल, २४ गते निर्णय लिने

  • माघ २२, २०८१
  • ६६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, माघ २२ । सरकारले ल्याएको ६ वटा अध्यादेश सदनबाट पारित गराउन निर्णायक देखिएका जनता समाजवादी पार्टी, नेपाल यति खेर सकसमा देखिएका छन ।
सरकारले ल्याएको अध्यादेश संसद चालु भएको ६० दिन भित्र दुबै सदन बाट पारित गराउनु पर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधि सभामा दु्ई तिहाइ बहुमतमा रहेको सत्ता गठबन्धन संग राष्ट्रिय सभामा समान्य बहुमत पनि छैन ।

सरकारी अध्यादेश प्रतिनिधिसभा पारित हुने भएपनि राष्ट्रिय सभा बाट पारित गर्न जसपा नेपाल निर्णायक भएपछि अध्यादेश बारे पक्षमा बस्ने की विपक्षमा जाने विषयमा जसपा नेपाल यति खेर सकसमा देखिएको छ ।

हिजो सम्पन्न कार्यकारिणी समितिको बैठकबाट अध्यादेश बारे निर्णय आउने अपेक्षा गरि पनि सकसका कारण जसपा नेपालले अध्यादेश अध्ययन कार्यदल बनाउदै यो विषय संसदीय दलमा लैजाने निर्णय गरेको थियो ।

अध्यादेश पारित गराउन सत्तापक्ष लागि परेको बेला प्रतिपक्षले अध्यादेश जसरी पनि निष्क्रिय बनाउने दाउमा छन । यस्तो परिस्थितिमा सरकारलाई समर्थन गरेपनि सहभागी नरहेको जसपा नेपाललाई फकाउन अहिले सत्ता पक्ष र प्रतिपक्ष दुबै लागि परेका छन ।
कार्यकारिणी समितिकोृ बैठक चल्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा दुबैले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेर सहयोग गर्न आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार अध्यक्ष यादवले यस विषयमा एक्लै निर्णय गर्न नसक्ने भएकोले पार्टी बाटै निर्णय हुने जबाव फर्काएका थिए ।

त्यसैगरि प्रतिपक्षीदलका नेताहरुले समेत अध्यादेशको विपक्षमा बस्न अध्यक्ष यादवलाई आग्रह गरेको बताइएको छ । दुबै पक्षले जसपा नेपाललाई आ–आफनो पक्षमा पार्न प्रयास गर्न थालेपनि जसपा नेपालले पार्टी उपाध्यक्ष एवं संघीय सांसद राजकिशोर यादवको संयोजकत्वमा पाँच सदस्यीय अध्यादेश अध्ययन कार्यदल गठन गरेको छ ।

कार्यदलमा राष्ट्रिय सभाका सदस्य मृगेन्द्र सिंह यादव, खालिद सिद्दिकी, प्रतिनिधिसभा सदस्य दिपक कार्की र रेखा यादव रहेका छन । कार्यदलमा विज्ञलाई पनि समावेश गरिने कार्यदलका संयोजक यादवले मधेश टुडेलाई जानकारी दिए । उनका अनुसार आज दिउसो १२ बजे कार्यदलको बैठक बसी विज्ञ र सरकार पक्ष संग छलफल गर्ने र त्यसको आधारमा २४ गते विहान बस्ने संसदीय दलको बैठकमा प्रतिवेदन पेश गरिने । २४ गते दुबै सदन बाट अध्यादेश सम्बन्धि विधेयक पारित गर्ने कार्यक्रम रहेकोले त्यही दिन संसदीय दलबाट निर्णय लिने यादवले बताएका छन ।

अन्य अध्यादेश भन्दा भूमि सम्बन्धि अध्यादेशमा जसपा नेपाल सशंकित देखिएका छन ।, यस अघि जसपा नेपालका प्रवक्ता मनिष सुमनले भूमि सम्बन्धि अध्यादेश मधेशी आदिवासीहरु आफनो भूमि बाट बंचित हुने भन्दै सरकारको कदमलाई महेन्द्रवादी सोचको पुनरागमन भनि टिप्पणी गरेका थिए । यो समाचार मधेश टुडेबाट लिएको हो 

प्रतिक्रिया दिनुहोस

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१