लहान नगरपालिका १७ मा मेयर महेश चौधरीद्वारा ११० कम्बल वितरण

  • माघ १५, २०८१
  • ६०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान माघ १५ । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीको नेतृत्वमा लहान १७ मा रहेका एकल महिला, वृद्ध तथा विपन्न परिवारका लागि ११० थान कम्बल वितरण गरिएको छ । चिसो मौसमका कारण शीतलहरको प्रभावlलाइ सामना गरिरहेका नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले नगरपालिकाले यस्तो कदम चालेको हो ।

कम्बल वितरण कार्यक्रमको क्रममा मेयर चौधरीले भने, "यो राहत वितरण केवल सामाजिक उत्तरदायित्वको हिस्सा मात्र नभई समुदायलाई सहयोग पुर्‍याउने हाम्रो प्रतिबद्धताको अभिव्यक्ति हो । चिसोबाट पीडित नागरिकलाई तत्काल राहत दिन हामी यो पहल गरेका हौं।"

कार्यक्रममा सहभागी स्थानीयबासीले यस कदमलाई सकारात्मक भन्दै मेयर चौधरीको प्रशंसा गरेका छन्। यो सहयोगले चिसोको कारण समस्या भोगिरहेका हामी जस्ता विपन्न परिवारलाई ठूलो राहत पुगेको छ,” एक लाभग्राही वृद्धले खुशी व्यक्त गर्दै भने।

सामाजिक सेवाको यो कार्यले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ। मेयर चौधरीले आगामी दिनमा पनि विपन्न तथा पीडित वर्गलाई सहयोग पुर्‍याउन तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।

लहान नगरपालिका अन्तर्गत विशेष गरी चिसोको समयमा विपन्न परिवारहरूको सहायता गर्नका लागि विभिन्न योजनाहरू सञ्चालन गरिँदै आइएको छ। यस राहत वितरण कार्यक्रमले नगरपालिकाको नागरिकप्रतिको जिम्मेवारी र सरोकारको उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१