Siraha Times
ताजा समाचार

गोलबजारको मैनाबति बाट दुई युवा हातहतियार सहित पक्राउ

  • माघ ९, २०८१
  • ९२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ९ माघ । सिरहाको गोलबजार न.पा.११ बलकवा स्थित मैनाबती खोलामा लागेको भबरी मेलामा आएका केहि व्यक्तिहरू बीच एक आपसमा बाझाबाझ भएको खबर प्राप्त हुन साथ स्थानीय प्रहरी तुरुन्त पुग्दा भाग्दै गरेको दुई जना युवाहरुलाई हातहतियार सहित पक्राउ गरेको नाम नबताउने शर्तमा एक जना स्थानीयले बताएका छन।

भाग्दै गरेको अवस्थामा पक्राउ परेका ती युवाहरु यसै न.पा.१२ बेतौनाका १९ वर्षीय प्रमोद ठाकुर र सोही वडा बेतौनाकै १९ वर्षीय बिष्णु कुमार महतो रहेको प्रहरीले जनाएका छन। प्रहरीले ती युवाहरुको शरीर चेकजाँच गर्दा ठाकुरको साथबाट १ थान कटुवा पेस्तोल र महतोको साथबाट फलामको नक एक थान बरामद भएको छ। प्रहरीले हातहतियार सम्बन्धी कसुरमा सिरहा जिल्ला अदालत बाट म्याद थप गरि अनुसन्धान कार्यलाई अगाडी बढाएको छ। यसो समुदाय स्तरको वास्तविक अबस्थाको बारेमा भन्नु पर्दा समान्य कुरोमा तुरुन्त झैझगडा गर्ने, तुरुन्त हातहतियार निकाल दिने, सानोतिनो कुरामा दादागिरी देखाउने, गाली बेइज्जतीको सिमा नाघ्ने जस्ता कुराहरु समान्य भैसकेको प्रष्ट देख्न सकिन्छ। 

त्यति मात्र हैन आदर सत्कार माया ममता लाज शरम समेत लोप्त हुदै गरेको देख्दा शिक्षित होशियार र बुद्धिजिविहरु चुपचाप बसेको समेत देखिन्छ। कुलतमा फसेर युवाहरु समुदाय स्तरमा ताण्डव मचाइ रहेको अवस्था छ। हाम्रो नेपाली समाज कता जादैछ ?यसको चिन्तन कसले गर्ने हो? गम्भिर प्रश्न उठेको छ। प्रहरी प्रशासन स्वतन्त्र रुपले काम गर्न सकिरहेको छैन। यो कस्तो किसिमको लोकतन्त्र आयो देशमा जहाँ कुलतमा फसेर युवाहरू एक तर्फ शिक्षा बाट टाढिदै छन भने अर्को तर्फ त्यही युवाहरू अपराधिक गतिबिधिमा फस्दै गैरहेको छ। सरोकारवालाको ध्यानाकर्षण कहिले हुने हो?

प्रतिक्रिया दिनुहोस

मिसन–८४ : निर्णय गर् ...

रहमुल, लहान ६ असोज । सिरहाको कर्जन्हा नगरपालिका–५ कल्याणपुरमा महिला अधिकार, नेतृत्व, सहभागिता ...

सडक नाटकमार्फत लहान– ...

ओम प्रकाश यादव लहान, असोज ६ । लहान नगरपालिकाको वडा नं. १४ मा ‘घर–घरको शान, स्वच्छता अभिय ...

नेपालदेखि भारतसम्मका ...

ओम प्रकाश यादव लहान असोज ६ । विराटनगरस्थित पारस मल्टिस्पेसियालिटी हस्पिटल गुणस्तरीय स्वास्थ्य सेवा, ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१