ताजा समाचार

समाजवादी प्रेस संगठन पर्साको दुई वटै समानान्तर कमिटी बिघटन, संयोजकमा चौरसिया चयन

  • माघ ७, २०८१
  • ७७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज ७ माघ। समाजवादी प्रेस संगठन नेपालको आईतवार बसेको केन्द्रिय पदाधिकारीहरुको बैठकले पर्सा शाखामा रहेको दुईवटा समानान्तर कमिटीलाई विघटन गरेको छ । बिगत एक वर्ष देखि समानान्तर कमिटी रहेकोमा त्यसलाई एकताबद्ध बनाउनका लागि दुवै कमिटीलाई विघटन गर्दै पदाधिकारी बैठकले अजय चौरसियाको संयोजकत्वमा पाँच सदस्यीय तदर्थ कमिटी गठन गरेको छ । कमिटीको सदस्यहरुमा आशमहम्द मियाँ, शम्भुकुमार सुमन, दिपेन्द्र गिरी र विनोद पटेल रहेका छन् । दुवै समानान्तर कमिटीका अध्यक्षद्धयलाई सदस्यमा राखिएको जनाईएको छ ।

समाजवादी प्रेस संगठन नेपालका तत्कालिन केन्द्रिय अध्यक्ष विश्वमणी सुबेदी र महासचिव रामकुमार ऐलनले पर्सा जिल्लाका सदस्यहरु बिच झगडा लगाई समानान्तर कमिटी बनाउन बाध्य पारेको निवर्तमान पर्सा अध्यक्ष आशमहम्मद मियाले बताए । निवर्तमान अध्यक्ष सुबेदी र महासचिव ऐलनले पर्सा जिल्लामा मात्र नभई देशभरीका प्रायः शाखाहरुमा झगडा लगाई संगठनलाई भाडभैलो मच्चाएकै कारण कारवाहीमा परेको र अबको नेतृत्वले देशभरीकै शाखाहरुलाई एकत्रित गरी बलियो बनाई लग्न मियाले आग्रह समेत गरेका छन् ।

त्यसैगरी बैठकले समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय भेला आउँदो फागुन ७ गते काठमाडौंमा गर्ने जनाएको छ । राष्ट्रिय भेलाको अघिल्लो दिन केन्द्रीय कमिटीको बैठक बस्ने पनि जनाईएको छ । संगठनको पदाधिकारी बैठकले राष्ट्रिय भेला एवं केन्द्रीय कमिटीको बैठक गर्ने निर्णय गरेको बैठकमा सहभागि संगठनका उपाध्यक्ष सुभाष साहले जनाएका छन् । बैठकले नेकपा (एकीकृत समाजवादी)को प्रचार विभाग प्रमुख एवं संगठनका नयाँ तोकिएका इन्चार्ज उपाध्यक्ष प्रकाश ज्वालालाई स्वागत गर्दै निवर्तमान इन्चार्ज एवं प्रचार विभाग प्रमुख उपाध्यक्ष जगन्नाथ खतिवडालाई विदाई गरिएको छ । 

यसैगरी बैठकले संगठनको जीवनमा गम्भिर आघात पुग्नेगरी अवाञ्छित क्रियाकलाप गर्ने अध्यक्ष विश्वमणी सुवेदी, विशेष अदालतबाट भ्रष्टाचार प्रमाणीत भएका महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, र कोषाध्यक्ष कृपा भण्डारीले संगठनको हितविपरित कार्य गर्दैै अर्को संगठनमा प्रवेश गरेपछि उनीहरुलाई समेत कारवाही गरिएको संगठनका कार्यवाहक अध्यक्ष नवराज छत्कुलीले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤