नेकपा एकीकृत समाजवादी ३२ लाख घाटामा

  • माघ ७, २०८१
  • ५६५ पटक पढिएको
  • रामएकवाल राम
alt

नेकपा (एकीकृत समाजवादी) ले वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलले कार्यालयको सूचना पाटीमा टाँस गरी अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेका हुन्।  

जसमा गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६९१ रुपैयाँ आम्दानी भएको छ भने ४ करोड ५७ लाख ४० हजार ८५४ रूपैयाँ खर्च भएको उल्लेख छ।  एकीकृत समाजवादी   ३२ लाख ८७ हजार १६४ रूपैयाँ पार्टी घाटामा रहेको लेखापरिक्षण प्रतिवेदनले देखाएको छ।

पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची-महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए÷गरेको खर्च विवरण उल्लेख छ।

सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क,अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोत रहेको प्रमुख पौडेलले जानकारी दिएका छन्।

473577640_628350493041030_9173380307458739719_n-1737360521

प्रतिक्रिया दिनुहोस

श्रीनिधि साकोसको १४ ...

रन्जित चौरसिया वीरगंज २६ पुस । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज पर्साको १४ औँ वार्षि ...

मधेश आन्दोलनका सहिदप ...

रहमुल, लहान,२५ पुस । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय राजकुमार गुप्ताले लहानमा मधे ...

सुरुङ्गा नगरपालिकाको ...

रासिन्द्र यादव लहान २५ पुष । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकाको १६औँ नगरसभा (हिउँदे अधिवेशन) सुरुङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१