Siraha Times
ताजा समाचार

जसपा नेपालद्वारा बलिदानी दिवसको पूर्व तयारी लहानको कुशवाहा सेवा सदनमा सम्पन्न

  • माघ २, २०८१
  • ७१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान ०२ माघ । जनता समाजवादी पार्टी नेपालले आउदो माघ ५ गते वलिदानी दिवस मनाउने भएका छन् जनता समाजवादी पार्टी नेपालको केन्द्रीय अध्यक्ष तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री, माननीय उपेन्द्र यादवज्यूको प्रमुख आतिथ्यमा सिरहामा आयोजना गरिने "बलिदानी दिवस" लाई सफल बनाउन लहानमा पार्टीका कार्यकर्तासंग पूर्व तयारी बैठक सम्पन्न भएको छ। लहानस्थित कुश्वाहा धर्मशालामा आयोजित यो बैठक जनता समाजवादी पार्टी नेपाल जिल्ला सवन्य समितिका प्रमुख दिनेश महतोको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा केन्द्रदेखि स्थानीय तहसम्मका नेता, कार्यकर्ताहरू, तथा समाजका अगुवाहरूको उपस्थिति रहेको थियो।

बैठकमा सहभागी नेताहरूले बलिदानी दिवसको महत्त्व र त्यसको सफल आयोजना सम्बन्धी विभिन्न दृष्टिकोण प्रस्तुत गरे। माननीय राजकुमार गुप्ता जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा मधेस प्रदेश सांसद माननीय ललिता दास जनता समाजवादी पार्टी नेपाल केन्द्रीय सदस्य तथा मधेस प्रदेश सांसद बैधनाथ प्रसाद साह: जनता समाजवादी पार्टी नेपाल केन्द्रीय सदस्य शत्रुधन मण्डल: जनता समाजवादी पार्टी नेपाल प्रदेश सदस्य प्रयागलाल यादव: जनता समाजवादी पार्टी नेपाल क्षेत्रीय अध्यक्ष रामचलितर महतो: लहान नगरपालिकाका उपप्रमुख बैठकले बलिदानी दिवसलाई भव्य र स्मरणीय बनाउने लक्ष्यसहित विविध एजेन्डाहरूमा छलफल गर्यो। 

नगर र गाउँ तहसम्मका कार्यकर्ताहरूलाई व्यापक रूपमा परिचालन गरी आम सभामा जनसहभागिता सुनिश्चित गर्ने। बैठकमा मन्तव्य राख्दै, जसपा नेपालका नेताहरूले बलिदानी दिवस मधेस आन्दोलनको ऐतिहासिक संघर्ष र वीर सपूतहरूको योगदानलाई सम्मान गर्ने अवसर भएको बताएका थिए।राजकुमार गुप्ता: “यो दिवसले हाम्रो आन्दोलनको मार्गचित्रलाई पुनः स्थापित गर्नेछ। यसको सफल आयोजना सबैको जिम्मेवारी हो।”ललिता दास: “बलिदानी गर्ने महान् व्यक्तित्वहरूको सम्झनामा यो कार्यक्रमले हाम्रो नयाँ पुस्तालाई प्रेरित गर्नेछ।”दिनेश महतो: “हाम्रो टोलीले बलिदानी दिवसलाई ऐतिहासिक बनाउन कुनै पनि कसर बाँकी राख्ने छैन।”

कार्यक्रमको व्यवस्थापनका लागि सबै सदस्यहरूले आ-आफ्ना जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जनाए। सहभागीहरूले बलिदानी दिवसलाई केवल एउटा कार्यक्रम मात्र नभई मधेसको अधिकार र स्वाभिमानको प्रतीकका रूपमा सफल बनाउन प्रतिवधता गरे। बलिदानी दिवस जसपाका लागि मात्र नभई मधेसको हक-अधिकारको लडाइँमा जीवन अर्पण गर्ने महान् व्यक्तिहरूप्रति श्रद्धाञ्जली हो। यसले मधेस आन्दोलनको ऐतिहासिक पाटोलाई स्मरण गर्दै नयाँ पुस्तालाई जागरूक बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।कार्यक्रमको समापनमा अध्यक्ष दिनेश महतोले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी तयारीलाई अझ सशक्त बनाउन आह्वान गरे।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिका वडा नं ...

ओम प्रकाश यादव लहान, जेठ १४ । खडक नगरपालिका वडा नं. ११ लाई औपचारिक रूपमा “बाल श्रम मुक्त वडा&r ...

लहानका मेयर महेश चौध ...

विनोद अविरल, जेठ १३ ​लहान, जेठ । नेपाल सरकारले सिरहाको लहान नगरपालिकाका प्रमुख (मेयर) महेश चौधरीलाई ...

सशस्त्र प्रहरी बलको ...

रहमुल सिरहा, १३ जेठ । सशस्त्र प्रहरी बल नेपालको १९ औँ स्थापना दिवस सिरहामा भव्य तथा उल्लासपूर्ण वाता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१