सरकारी गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते

  • माघ १, २०८१
  • ७६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बोदे बर्साईन , सप्तरी : १ माघ : उमेश कुमार साह बोदे बर्साईन – सप्तरीको बोदे बर्साईनमा राजबिराज नगरपालिकाको सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ झ ४८१ नम्बरको स्कारपियोले पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को ३० प २७३७ नम्बरको मोटरसाइकललाई बोदे बर्साईन नगरपालिका–५ हुलाकी सडक अन्तरगतको बिधुत प्राधिकरण जाने बाटोमा ठक्कर दिएको थियो।

गम्भीर घाइते हुनेमा बोदे बर्साईन नगरपालिका– १ घनगडी निवासी १५ वर्षीय मोटरसाइकल चालक राजेश कुमार यादव र सोही ठाउँ निवासी २१ वर्षीय अजित कुमार यादव गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रमुख प्रहरी सहायक निरीक्षक दिपेन्द्र पासवानले बताए । यतिबेला घाइतेहरूलाई बोदे बर्साइन स्थित जीवन ज्योति हस्पिटल प्रा लिमिटेडमा उपचार भइरहेको प्रहरीले बताए । सरकारी गाडी स्कारपियो प्रहरीको नियन्त्रणमा छ भने स्कारपियोको चालक फराररहेको हाल खोजीतलासी भइरहेको प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस

ओम शान्ति आश्रम, बथन ...

रहमुल लहान, साउन २९ । सिरहा जिल्लाको लहान नगरपालिकास्थित ओम शान्ति आश्रम, बथनाहामा यस वर्षको कृष्ण ज ...

बलान नदीमा डुबेर बाल ...

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षी ...

अल्ट्रा अभियानका नटव ...

रंजित चौरसिया,वीरगंज २९ साउन । अल्ट्रा अभियान डिजिटल वल्र्ड प्रा.लि.का सञ्चालक नटवरलाल दिपेश वर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१