Siraha Times
ताजा समाचार

सरकारी गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते

  • माघ १, २०८१
  • ९८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बोदे बर्साईन , सप्तरी : १ माघ : उमेश कुमार साह बोदे बर्साईन – सप्तरीको बोदे बर्साईनमा राजबिराज नगरपालिकाको सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ झ ४८१ नम्बरको स्कारपियोले पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को ३० प २७३७ नम्बरको मोटरसाइकललाई बोदे बर्साईन नगरपालिका–५ हुलाकी सडक अन्तरगतको बिधुत प्राधिकरण जाने बाटोमा ठक्कर दिएको थियो।

गम्भीर घाइते हुनेमा बोदे बर्साईन नगरपालिका– १ घनगडी निवासी १५ वर्षीय मोटरसाइकल चालक राजेश कुमार यादव र सोही ठाउँ निवासी २१ वर्षीय अजित कुमार यादव गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रमुख प्रहरी सहायक निरीक्षक दिपेन्द्र पासवानले बताए । यतिबेला घाइतेहरूलाई बोदे बर्साइन स्थित जीवन ज्योति हस्पिटल प्रा लिमिटेडमा उपचार भइरहेको प्रहरीले बताए । सरकारी गाडी स्कारपियो प्रहरीको नियन्त्रणमा छ भने स्कारपियोको चालक फराररहेको हाल खोजीतलासी भइरहेको प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस

मिसन–८४ : निर्णय गर् ...

रहमुल, लहान ६ असोज । सिरहाको कर्जन्हा नगरपालिका–५ कल्याणपुरमा महिला अधिकार, नेतृत्व, सहभागिता ...

सडक नाटकमार्फत लहान– ...

ओम प्रकाश यादव लहान, असोज ६ । लहान नगरपालिकाको वडा नं. १४ मा ‘घर–घरको शान, स्वच्छता अभिय ...

नेपालदेखि भारतसम्मका ...

ओम प्रकाश यादव लहान असोज ६ । विराटनगरस्थित पारस मल्टिस्पेसियालिटी हस्पिटल गुणस्तरीय स्वास्थ्य सेवा, ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१