Siraha Times
ताजा समाचार

जसपा नेपालकोअभिमुखिकरण कार्यक्रम बिसनपुरमा सम्पन्न

  • पुस २७, २०८१
  • ६९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २७ पुस । सप्तरीको खडक नगरपालिका ७ बिसनपुरमा जसपा नेपालको जन्ता संग जसपा नेपाल संगठन निर्माण कार्यक्रम अन्तर्गत क्षेत्रिय अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ। कार्यक्रममा पूर्ब उपप्रधानमन्त्री तथा स्वास्थ मन्त्री जसपा नेपाल राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादब प्रमुख अतिथि विशिष्ट अतिथि पूर्व कृषि मन्त्री, रा. स. स. तथा पार्टीको उपाध्यक्ष माननीय मृगेन्द्र कुमार सिह अतिथि केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य माननीय अनिरूद कुमार सिंह यादव, महिला केन्द्रीय सदस्य डा. बबि सिह यादब लगायत नेताकार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

यस बृहत कार्यक्रमको अध्यक्षता जसपा नेपाल सप्तरी जिल्ला क्षेत्र न. ४ (क)को क्षेत्रिय अध्यक्ष अरबिन्द्र कुमार यादबको अध्यक्षतामा कार्यक्रम समपन्न भएको कार्यक्रममा केन्द्रिय सदस्य बिकाश तिवारी,युवा नेता सुरेन्द्र कुमार साह, प्रदेश कार्यकारिणी सदस्य दिनेश कुमार यादब, केन्द्रिय सल्लाहकार मनोज कुमार यादव, बिनोद चौधरी, जिल्ला अध्यक्ष युबा नेता केदार प्रसाद यादव, बोदेबर्साइन नगरपालिकाको प्रमुख आतेश कुमार सिंह यादव, खड्क नगरपालिकाको उप मेयर रीता कुमारी चौधरी, सु. न. पा. वडा न. ९,१० र ११ का वडा अध्यक्षहरु लगायतको पनि उपस्थिति रहेको थियो ।

सुरेन्द्र प्रसाद यादब द्वारा संचालित कार्यक्रममा स्वागत मन्तव्य नगर कमिटी अध्यक्ष मो. इजरालले राखेको थियो भने अन्य पार्टीका उच्च स्तरका नेताहरुको मन्तव्य पार्टी सुदृढीकरण तर्फ केन्द्रित रहेको थियो। कार्यक्रममा परिक्षण अभिमुखिकरण संचालन गर्दै राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवले देश अहिले जटिल अबस्था बाट गुज्रिरहेको बताएका हुन। उहाँ अगाडी थप्दै हाम्रा केहि साथीहरू फुटेर गएको कारण बर्षौ देखि शासन गरेर बस्दै आइरहेका शासकहरुको नजरमा हामी कमजोर भएको जुन मानसिकता उनीहरुको जुन छ त्यो सरासर गलत हो जुन आजको सभाले साबित गरिसक्यो बताउदै हामी अलिकति बिचल्ली नभई इमानदारीसाथ अगाडी बढ्न सबैमा प्रेणा समेत जगाएका थिए।

प्रतिक्रिया दिनुहोस

श्री लेखनाथ माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख १६ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्त ...

कटनिया नदीमा पुल निर ...

रहमुल, लहान १६ वैशाख । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्ड अन्तर्गत पर्ने कटनिया नदीमा वर्षौं ...

सुखीपुर नगरपालिका अस ...

रहमुल, लहान, १६ वैशाख । सिरहाको सुखीपुर नगरपालिका लामो समय देखि अस्तव्यस्त अवस्थामा रहेको पाइएको छ। ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१