Siraha Times
ताजा समाचार

कांग्रेसमा एकता हुनु पर्नेमा जोड

  • जेठ २०, २०७६
  • ६३९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

जेठ २० नेपाली काँग्रेस जनकपुरधाम नगरकमिटिद्वारा आयोजित जागरण अभियानमा सहभागीहरुले नेपाली कांग्रेसमा एकता हुनु पर्ने धारणा राखेका छन् । उनीहरुले पार्टी नेताबीचको एकताले मात्र पार्टी बलियो हुने बताए । उनीहरुले पार्टीमा एकता कायम गर्न सके आगामी दिनमा कांग्रेस मुलुकको सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै अधिकांसले आगामी चार बर्षमा कांग्रेसले कुनै पनि हालतमा सत्ताको नेतृत्व गर्ने लक्ष्य लिनु पर्ने बताएका थिए । नेपाली काँग्रेस जनकपुरधाम नगरकमिटि अध्यक्ष मनोज साहको अध्यक्षतामा भएको सो कार्यक्रममा वतmाहरुले गुट र व्यक्तिगत स्वार्थका कारण पार्टी धराशायी भएको भन्दै नेतृत्वको कमजोरी र क्षमता नभएका कारण पार्टी संगठन कमजोर भएको र गत स्थानीय तथा संसदीय निर्वाचनमा पराजय भोगेको गुनासो गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादवले संविधान संशोधन नेपाली कांग्रेसकै नेतृत्वमा हुने र गराएरै छाडने बताएका छन । उनले पार्टी नेतृत्वलाई गाली गर्नुभन्दा बर्तमान सरकारले गरेका गलत क्रियाकलाप र कमजोरीको बिरुद्ध बोल्न आग्रह गरे । पार्टी विधान अनुसार सबै नेता कार्यकर्ताहरुलाई अगाडि बढन आग्रह गर्दै उनले वडा वडामा कांग्रेसले गरेका कार्यहरुको प्रचार गर्न आग्रह गरेका छन । कार्यक्रममा नेपाली कांग्रेस धनुषा अध्यक्ष महेशशंकर गिरी , नेपाली कांग्रेस धनुषा क्षेत्रनं. ३ का सभापति कन्हैयालाल कर्ण , नेपाली कांग्रेस धनुषा सदस्य अनिता श्रीवास्तव सहित जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१