Siraha Times
ताजा समाचार

सिरहाको ठाडी भन्सारमा घुसपेट , सिडियो र कर्मचारी

  • जेठ २०, २०७६
  • १३४४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो लहान,२० जेठ । सिरहाको ठाडी भन्सारचार कार्यलयमा घुसकोर को खानी।पाँग्रे भारतीय नम्बरको गाडीको भन्सार राजस्व भन्दा बढी लिने गरेको खुलासा भएको छ । नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका ४ पांग्रे गाडीलाई अस्थायी पास (छुट पुर्जी)को नाममा ठाडी भन्सारका कर्मचारीले मनपरी रकम उठाउने गरेको छ । एक दिनका लागि लहानसम्म आउने भारतीय गाडीलाई निःशुल्क अस्थायी पास उपलब्ध गराउने व्यवस्था छ । तर, ठाडी भन्सारका कर्मचारीले प्रतिगाडी ५० रुपैयाँ र प्रतिमोटरसाइकल १० रुपैयाँ उठाउने गरेको छ । भारतीय गाडीको भन्सार जेठ १५ गतेदेखि ५ सय रुपैयाँ गरेको छ । तर, ठाडी भन्सारका कर्मचारीहरुले ५ सय ५० रुपैयाँ लिने गरेको छ । भारतीय गाडीले एक सत्ताको पुर्जी कटाउँदा भन्सार कर्मचारीले ३५ सय रुपैयाँको ठाउँमा साढे ३७ सय रुपैयाँ जबरजस्ती लिने गरेको लहान १९ का सँदीप यादवले बताए । नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका ४ पांग्रे गाडीसँग भन्सार कर्मचारीले मनपरी गरेको उनले सुनाए । सिरहाको ठाडी र माडर नाकाबाट भारतीय गाडीसँग प्रहरीकै मिलोमतोमा उक्त रकम उठाउने गरेको बताइएको छ । नेपाल प्रवेश गरेकै दिन फर्किने भारतीय गाडीलाई पास उपलब्ध गराउँदा जबर्जस्ती रकम लिने गरेको मधुबनीका अर्का चालक श्याम यादवले बताए । ती भन्सार कर्मचारीले तोकिएको शुल्क भन्दा बढी लिएर र छुटपुर्जीको नाममा प्रतिमहिना तीन चार लाख रकम उठाउने गरेको भगवानपुर ईनरुवाका रामकुमार यादवले बताए । त्यसरी उठाएको रकम कर्मचारीले दामासाहीमा बाँडफाँड गर्ने गरेको स्रोतको दाबी छ । ठाडी भन्सार कार्यालयका प्रमुख उमेश बरालले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरे । अहिले दैनिक ठाडी नाकाबाट ५० जति चारपांग्रे र १०० जति मोटरसाइकल भित्रिने गरेको जनाइएको छ । यसबारे जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख रुद्रप्रसाद पण्डितले भने ‘यस्तो घुसखोरीलाई कारवाही गर्नुपर्छ ।’ ‘आवश्यक अनुसन्धान गरी चाडै यस्ता कर्मचारीलाई कारवाहीको प्रक्रियामा लैजाने’ बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१