ताजा समाचार

शिक्षा केन्द्रका सहजकर्ताहरुलाई अध्यक्ष यादवद्वारा सामग्री हस्तान्तरण

  • पुस २१, २०८१
  • ६७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान पुस २१ । नवराजपुर गाउँपालिका अध्यक्ष श्री शिव उदगार यादव (शिवा) को नेतृत्वमा पालिकाभित्रका किशोरीहरुको शिक्षामा पहुँच सुनिश्चित गर्न एक महत्वपूर्ण कदम उठाइएको छ। अध्यक्ष यादवज्यूले ८ वर्षदेखि १५ वर्षसम्मका किशोरीहरुका लागि सञ्चालनमा रहेका ८ वटा किशोरी शिक्षा केन्द्रका सहजकर्ताहरुलाई शैक्षिक सामग्री, खेलकुद सामग्री तथा सम्मान हस्तान्तरण गर्नुभएको छ।

यस पहलले विशेषगरी विद्यालयको पहुँचभन्दा टाढा रहेका किशोरीहरुलाई शैक्षिक अवसर प्रदान गर्न सहयोग पुर्याउने लक्ष्य राखेको छ। कार्यक्रममा सहभागी सहजकर्ताहरुलाई शिक्षाको गुणस्तर सुधार गर्न प्रोत्साहन दिने उद्देश्यले सम्मानित गरिएको हो।

यस अवसरमा अध्यक्ष यादवले किशोरी शिक्षा केन्द्रहरुको महत्त्वबारे प्रकाश पार्दै शिक्षा नै सामाजिक रूपान्तरणको मूल आधार भएको बताउनुभयो। उहाँले सबै सहजकर्ताहरुलाई आफ्नो भूमिकामा जिम्मेवार भई किशोरीहरुको शिक्षामा सकारात्मक परिवर्तन ल्याउन थप लगनशील बन्न आह्वान गर्नुभयो।

कार्यक्रममा पालिकाका अन्य पदाधिकारी, किशोरी शिक्षा केन्द्रका प्रतिनिधिहरु र स्थानिय समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो। यस कार्यले नवराजपुर गा.पा.का किशोरीहरुको शिक्षामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤