ताजा समाचार

माओवादी प्रवक्ता सापकोटा भन्छन् – सरकारले सदन छलेर दल विभाजन अध्यादेश ल्याउन खोज्दैछ

  • पुस १९, २०८१
  • ३९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सदन छलेर सरकारले दल विभाजन अध्यादेश ल्याउन खोजेको आरोप लगाएका छन् । पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि बोल्दै उपाध्यक्षसमेत रहेका प्रवक्ता सापकोटाले उक्त आरोप लगाएका हुन् ।प्रवक्ता सापकोटाले संसद् बैठक बोलाउन आनाकानी गर्नुमा सरकारको बदनियत हुनसक्ने शंका आफूहरूले गरेको बताए । प्रवक्ता सापकोटाले भने,‘यो सरकारको गतिविधि हेर्दा संसद् बोलाउन आनाकानी गर्ने अर्थात् बोलाउन ढिला गर्ने भएको छ । यी सबैले लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा हुँदैछ । लोकतन्त्रको आत्मा भनेको संसद् हो । संसद् नै नबोलाएपछि लोकतन्त्र फस्टाउँदैछ । कमसेकम बैठक त समयमा बोलाउनुपर्‍यो।’अब सबै दलहरूसँग छलफल गरेर संसद् आह्वानका लागि प्रभावकारी रुपमा दबाब चलाउनेगरी माओवादीले सोच बनाएको उनले बताए।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤