Siraha Times
ताजा समाचार

नाला तथा स्लाब निर्माण कार्यमा कमसल तथा गुणस्तरहीन सामाग्री प्रयोग गरिदै बजेट पचाएरै छोडने

  • पुस १२, २०८१
  • ६८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिसुनदेव सरदार सिराहा, १२ पुस । सिराहाको लहान नगरपालिका वडा न. - ६ राधाकृष्ण चौकको एक गल्लीमा नाला तथा स्लाब निर्माण कार्यमा एक्दमै कमसल तथा गुणस्तरहीन सामाग्री प्रयोग गरिदै गरेको अवस्था छ। बिना उपभोक्ता समिति गठन नगरिकन वडा न. ६ का वडाअध्यक्ष रमेश उपाध्यले उक्त स्लाब तथा निर्माण कार्य सञ्चालन गरिएको छ।

स्थलगत र प्रत्यक्ष रिपोर्टिङ गर्दा माटो निस्किने मिठा पाक ईटा, कम गुणस्तर भएको रड, माटो मिसिएको बालुवा , नेपालकै सबैभन्दा सस्तो होङगसी सिमेन्ट प्रयोगमा ल्याएको छ। सो नालाको योजना लहान नगरपालिकाको रेडबुकमा पहिला नै राखिएको थियोे सोही अनुसार उक्त ठेक्का सम्झौता २०८१- मंसिर २० गते र ठेक्का सम्पन्न २०८१- चैत ३० गते सम्म सम्पन्न हुने गरि म्याद रहेको छ।

आचार्य निर्माण सेवाले लिएको नाला तथा स्लाब निर्माण कार्य ठेक्का ४ महिना १० दिनमै सम्पन्न हुने ठेक्का लिएको छ । आयोजनाको कुल लागत बजेट रु. ४९९५२०/- रहेकोमा समझौता रकम रु. ४७५५११/- रहेको बुझिएको छ। यो सँगै कमसल र गुणस्तरहीन सामाग्री प्रयोग गरिदै गरेको अवस्थामा पाउँदा स्थानीय आक्रोशित भई व्यापक विरोध गरेको थियोे । वहाँहरुले आक्रोश पोख्दै भने बिना ईन्जिनियर अनुगमनकै काम हामीलाई स्वीकार नरहेको भनिएको छ।

अब वडाअध्यक्ष उपध्याय र ठेक्कदारले बजेट पचाएरै छोड्ने स्थानीयहरु आरोप छ। स्थानीय माँगमा आधारित सुहाउँदो भरपर्दाे आकर्षित नाला तथा स्लाब निर्माण नगर्दा स्थानीयले विरोध जनाउनु स्वभाविक हो । स्थानीयबासीहरुका अनुसार लहान ६ न. का वडाअध्यक्ष रमेश उपाध्यायले भनुभयो बजेट कम छ। अव फेरि पनि नगर प्रमुख महेश चौधरीबाट अनुगमन गराई बजेट थप गर्न लाउने भनिएको थियोे ।

यतिबेला लहान नगरपालिकामा संचालित अधिकाँश योजनाहरुमा भ्रष्टाचारको गन्ध फैलिएको अवस्था छ। यता, स्थानीयको विषय वस्तु तथा जनमुखी भरपर्दो दिगो विकासको काम नहुँदा लहान नगरपालिका वडा न. ६ का वडा अध्यक्ष रमेश उपध्यायलाई मो. ९८६०१४९९९१ मा सम्पर्क गर्न खोज्दा फोन उठेन् ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१