Siraha Times
ताजा समाचार

जसपा नेपालको क्षेत्रीय भेला लहानमा सम्पन्न

  • पुस १०, २०८१
  • ८९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १० पुस जन्ता संग जसपा नेपाल आधारभुत संगठन निर्माण कार्यक्रम अन्तर्गत सिरहाको सुकेश्वरी निलम साह तेली समाज सेवा सदन लहानमा क्षेत्रीय भेला क्षेत्रीय अध्यक्ष प्रयागलाल यादव‌को अध्यक्षतामा र पार्टी कोन्दिय सचिव मान‌नीय सुरेश मंडलको प्रमुख अतिथित्वमा सम्पन्न भएको छ। 

उक्त कार्यक्रममा विशिष्ट अतिथि पार्टी केन्द्रीय कार्यकारिणी सदस्य एवं मधेश प्रदेश सभा सदस्य द्वय राजकुमार गुप्ता र केन्द्रिय सदस्य एवं मधेस प्रदेश सदस्य माननीय लालिता दास बिद्रोही, जिल्ला समन्यवय समिति सभापति दिनेश महतो समाजवादी विद्यार्थी संघ मधेश प्रदेश अध्यक्षा दिपेश यादव र मधेश प्रदेश सदस्य नागेन्द्र यादव, समाजवादी महिला जिल्ला अध्यक्ष जानकी यादव, बौद्धिक नेता वेचन यादव, लहान न० पा० उप मेयर राम चलितर महतो र जसपा जिल्ला अध्यक्ष एवं अर्नमा गा.पा. अध्यक्ष अशोक यादव लगायत क्षेत्रीय अध्यक्षहरु, पालिका अध्यक्षहरु साथै ४१ वटा वडाका वाडा इकाई अध्यक्षहरु, विभिन्न पालिकाका निर्वाचित जनप्रतिनिधिहरु र क्षेत्र न.१ का उच्च नेताकार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

जिल्ला उपाध्यक्ष रोशन गुप्ता द्वारा संचालित कार्यक्रममा स्वागत मन्तव्य रामउदगार महतोले राखेका थिए भने महत्वपुर्ण मन्तव्य सतेलाल यादव, रमेश यादव, दिपेन्द्र यादव, वेचन यादव, रामचलितर महतो, रामनाथ पंडित, जानकी यादव, नागेन्द्र यादव लगायत अन्य उच्च स्तरका नेताहरुले संगठन निर्माण सम्वन्धी भनाईहरु राखेका थिए।

कार्यक्रमको दौरान विभिन्न वक्ताहरूले संगठन चुस्त दुरुस्त पार्न र आम नागरीकमा प्रजातन्त्रको अभास गराउन शिर्ष नेताहरू लाई सुझाए‌का थिए। विशिष्ट अतिथिको रुपमा बोल्दै केन्द्रीय कार्यकारणी समिति सदस्य तथा मधेश प्रदेश सभा सदस्य माननिय राजकुमार गुप्ताले जसपा नेपाल शुरु देखी मधेस र मधेसी प्रति गम्भीर रहेको वताउदै हालै सम्पन्न एनपीएल खेलमा मधेशी समुदाय प्रति भएको दुरख्यवहार प्रति खेद प्रकट गरेका थिए।

प्रमुख अतिथिको रुपमा नेताकार्यकर्ताहरुको जिज्ञासालाई सम्बोदन गर्दै पार्टी केन्द्रीय सचिब सुरेश मंडलले मधेस आफैंमा सर्व सम्पन्न प्रदेश हो बताउँदै यहाँ जन्म दर, जल, जमिन, जङ्गल , जिवजनावर लगायत जनसंख्या सबै हिसाव‌ले मधेश प्रदेश राम्रो रहेको वताए‌का थिए तर संघिय सरकार मधेशलाई हाल सम्म प्राथमिकामा राखेको देखिदैन । मधेसका शिक्षा उहिले पनि राम्रो थियो र अहिले पनि राम्रै रहेको समेत देखिन्छ। उहाँ अगाडी थप्दै मधेस प्रदेशलाई विकास गर्न र यहाँ वसोवास गरिरहेका जन्ताको जिवन स्तर माथी उकास्न जसपाको काँधमा आएको जिम्मेवारी पुरा गर्न हामी अगाडी बढन जरूरी रहेको समेत बताएका थिए।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१