एमाले र माउवादी कार्यकर्ताद्वारा सांसद खातुनमाथि संघातिक हमला

  • पुस ८, २०८१
  • १२७३ पटक पढिएको
  • रहमुल
alt

सिरहा ,पाैष ०८ । मधेश प्रदेश सांसद सहिदा खातुन र उनको परिवारमाथि गोलबजार–१३ दुर्गापुरमा एमाले र माओवादी कार्यकर्ताहरूले संघातिक हमला गरेका छन्। जसपा नेपालका नगर अध्यक्ष हरिनारायण यादवका अनुसार, दुर्गा पूजा क्रममा भएको झगडाका कारण फरार रहेका एमाले र माओवादी कार्यकर्ताका अभिभावकहरु सांसद खातुनसँग कुरा गर्न आएका थिए। तर, अचानक एकदर्जन एमाले र माउवादीका कार्यकर्ता लाठी र भाटासहित आएर आक्रमण गरेका थिए।

याे सव याेजना बनाएर सांसद खातुन लगायत परीवारजनलाई कुटपिट गर्ने उदेश्यका साथ आएको आरोप लगाएका छन। सांसद खातुनका अनुसार, उनीसहित उनका श्रीमान्, दजु भाइ, बुहारी, र अन्य परिवारका सदस्यहरू घाइते भएका छन्। घाइतेहरूको गोलबजारस्थित बर्धमान अस्पतालमा उपचार भइरहेको छ भने एकजनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ। घटनापछि आक्रोशित गाउँले, नेता कार्यकर्ता , र आफन्तले गोलबजार नजिक चार घण्टा हाईवे जाम गर्दै दोषीलाई पक्राउको माग गरेका थिए। प्रहरीद्वारा दुईजनालाई पक्राउ गरीएकाे छ भन्ने चार घण्टाभित्र दोषी सबैलाई नियन्त्रणमा लिने सहमति भएपछि प्रदर्शन अन्त्य भएको छ। हाल घटनास्थलमा स्थिति सामान्य रहेको र घाइतेहरूको उपचार जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा ७१७.६ किलोग् ...

ओम प्रकाश यादव  लहान, साउन ४ । सिरहा जिल्लाको सुखीपुर नगरपालिका–४, पोखरिया स्थित एक ...

लहान नगरपालिकामा पहि ...

लहान, साउन ४ । देशकै ठुलो नगरपालिका मानिने सिरहा जिल्लाको लहान नगरपालिकामा पहिलोपटक उपमेयर राम चलितर ...

नेशनल मेडिकल कलेजद्ध ...

वीरगंज २ साउन । वीरगंज स्थित नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले पर्साका सशस्त्र प्रहरी उपरीक्षक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१