Siraha Times
ताजा समाचार

एमाले र माउवादी कार्यकर्ताद्वारा सांसद खातुनमाथि संघातिक हमला

  • पुस ८, २०८१
  • १५८७ पटक पढिएको
  • रहमुल
alt

सिरहा ,पाैष ०८ । मधेश प्रदेश सांसद सहिदा खातुन र उनको परिवारमाथि गोलबजार–१३ दुर्गापुरमा एमाले र माओवादी कार्यकर्ताहरूले संघातिक हमला गरेका छन्। जसपा नेपालका नगर अध्यक्ष हरिनारायण यादवका अनुसार, दुर्गा पूजा क्रममा भएको झगडाका कारण फरार रहेका एमाले र माओवादी कार्यकर्ताका अभिभावकहरु सांसद खातुनसँग कुरा गर्न आएका थिए। तर, अचानक एकदर्जन एमाले र माउवादीका कार्यकर्ता लाठी र भाटासहित आएर आक्रमण गरेका थिए।

याे सव याेजना बनाएर सांसद खातुन लगायत परीवारजनलाई कुटपिट गर्ने उदेश्यका साथ आएको आरोप लगाएका छन। सांसद खातुनका अनुसार, उनीसहित उनका श्रीमान्, दजु भाइ, बुहारी, र अन्य परिवारका सदस्यहरू घाइते भएका छन्। घाइतेहरूको गोलबजारस्थित बर्धमान अस्पतालमा उपचार भइरहेको छ भने एकजनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ। घटनापछि आक्रोशित गाउँले, नेता कार्यकर्ता , र आफन्तले गोलबजार नजिक चार घण्टा हाईवे जाम गर्दै दोषीलाई पक्राउको माग गरेका थिए। प्रहरीद्वारा दुईजनालाई पक्राउ गरीएकाे छ भन्ने चार घण्टाभित्र दोषी सबैलाई नियन्त्रणमा लिने सहमति भएपछि प्रदर्शन अन्त्य भएको छ। हाल घटनास्थलमा स्थिति सामान्य रहेको र घाइतेहरूको उपचार जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस

ठाडीमा सशस्त्र प्रहर ...

कुलानन्द यादव लहान असोज ६ । सिरहाको ठाडी सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ ल्याइएको सामान भन्सार प्रक ...

सुखीपुरमा सामाजिक सु ...

ओम प्रकाश यादव लहान असोज ६ । सुखीपुर नगरपालिकामा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्ति ...

मिसन–८४ : निर्णय गर् ...

रहमुल, लहान ६ असोज । सिरहाको कर्जन्हा नगरपालिका–५ कल्याणपुरमा महिला अधिकार, नेतृत्व, सहभागिता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१