Siraha Times
ताजा समाचार

शारदा स्कुलमा निशुल्क स्वास्थ शिविर

  • जेठ १७, २०७६
  • २३३९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, लाहान, जेष्ठ १७  । सगरमाथा चौधरी आँखा अस्पताल द्वारा लाहान स्थित शारदा नमुना एकेडेमी स्कुलका छात्र छात्राहरुको निशुल्क आँखा र कान को जाँच गरिएको छ । 'आँखा जाँच गरि स्कुल भर्ना' अभियान अन्तर्गत शारदा स्कुलमा बिद्यार्थीहरुको स्वास्थ परिक्षण गरिएको हो ।आँखा अस्पतालका सिनियर अफिसर राजकुमार यादव को नेतृत्वमा ६ सदस्य टोलिले उक्त कार्यक्रम गरेको हो । जाँच शिविरमा माईनर अपरेशन पनि गरिएको जानकारी प्राप्त भएको छ। अफिसर राजकुमार यादव को अनुसार ६० बिद्यार्थीहरुको बाईलेट्रल वाक्स निकालिएको छ । जाँच को बेला ८ जनामा कान को जाली फाटेको समस्या देखिएको छ भने २ जनामा हियरिङ लस देखिएको छ । ६ जना बिद्यार्थीहरुको आखा टेढो पाईएको छ । यादव को अनुसार १५ जनामा दृष्टि दोष देखिएपछि चश्मा निशुल्क रुपमा प्रदान गरिएको छ । यादवको अनुसार कुल ६०० छात्र छात्राको जाँच भएको छ ।

शारदा नमुना को प्रधानाध्यापक हृदय नारायण चौधरी ले भन्नुभयो कि बिद्यार्थी जिवनमा आँखा र कान को समस्याले छात्र छात्रा लाई पढाईमा धेरै समस्या भोग्नु पर्ने भएको ले यो शिविर हाम्रो लागि धेरै महत्वपूर्ण हो । वहाँले आउने दिनहरुमा पनि स्वास्थ सम्बन्धि शिविर लाई प्राथमिकता मा राख्ने प्रतिवद्धता जनाउनु भएको छ । अफिसर राजकुमार यादव नेतृत्वको टोलिमा अभिनास चौधरी, सरोज यादव , बिरेन्द्र साह और श्रीप्रसाद पासमान लगायत रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१