सुरुंगा नगरपालिकाको १४ औं नगरसभा सम्पन्न

  • मंसिर २९, २०८१
  • ९९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राशिन्द्र यादव सप्तरी २९ मंसिर । सप्तरीको सुरुंगा नगरपालिकाको १४ औं नगरसभा सम्पन्न भएको छ । यस नगरपालिकाले सर्वसमितिले विधेयक पारित गर्दै १४ औं नगरसभा सम्पन्न गरेको हो । नगरसभामा कार्यक्रम सञ्चालक अधिकृत घनश्याम पोखरेल नगरपालिकाले  गत वर्ष, २०८०मा सम्पन्न गर्न छुटाएका काम काज यस वर्ष पहिलो प्राथमिकतामा राखी सम्पन्न गर्ने भएको छ  । उहाँले सभामा पेश गर्नुभएका विधेयकहरु सभासदस्यहरुले सर्वसमितिले  पारित गर्नुभयो । नगरसभाका अध्यक्ष तथा सुरुंगा नगरपालिकाका मेयर गीता चौधरीले अध्यक्षता गर्नु भएको थियो भने विशिस्ट अतिथिमा सुरुंगा नगरपालिकाका उप प्रमुख रुद्र बहादुर कार्की थियो ।

surunga 1

 नगर सभामा नगरपालिकाका सम्पूर्ण सदस्यहरुको उपस्तिती रहेकोमा कुनै पनि जाल झेल नभई सर्वसहमति बजेट प्रसुती हुनु जिल्लाकै नमुना बनेको देखियो नगर सभामा  सार्वजनिक सेवा प्रवाहलाई अझ चुस्तदुरुस्त पारिने भनिएको थियो सडक मर्मत सम्भार,बिजुली बत्ति मर्मत सम्भार पुराना रोकिएका पेट्रोल पम्पका दर्ता इँटा भठा सन्चालन जस्ता विकाससँग सम्बन्धित कार्यक्रमहरु प्रस्तुत गर्नुभयो ।

नगर सभामा सबैलाइ समाबेसी दिएका सभामा बोल्ने पालो समेत दिएका थिए त्यहि मध्ये वडाका वडा सदस्य हरि नारायण चौधरीले आफ्ना गुनासा राखेका थिए जसमा सडक बत्ति मर्मत सम्भार, मलखाद,बिउ बिजन समय मा उपलब्ध नहुनुको कारण , मधुपट्टीसडक छेउको सडक छेउ छाउ अव्यवस्थित,सडक मर्मत सम्भार,पुर्व मेयरले झैँ यो मेयरले पनि हामीलाई भ्रमण गराउने जस्तो गुनासो राखेका थिए भने मेयरले स्वीकार्य रहेको जवाफ दिएका थिए । त्यस्तै वडा सदस्य बद्रि सदायले वजेटमा कुनै किसिमको हुनुहुदैन,सडक बत्ति मर्मत सम्भारका गुनासो सदयाले पनि राख्नु भएको थियो । त्यसै गरि वडा सदस्य पवनी कुमारी चौधरीले हामि हरुलाइ वडा अध्यक्ष प्रत्येक वजेटमा अधिकार बाट बन्चित गरेको जस्ता गुनासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१