Siraha Times
ताजा समाचार

सप्तरीको सुरुङ्गा नगरपालिकाको प्रसुति गृहमा पहिलो बच्चाको जन्म

  • चैत २२, २०७४
  • ९२७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत २२ ।  हालै संचालनमा आएको सप्तरीको सुरुङ्गा नगरपालिका १ पिप्रा–पश्चिमस्थित स्वास्थ्य चौकी प्रसुति गृहमा मंगलबार पहिलो बच्चाको सकुशल जन्म भएको छ ।  सुरुङ्गा १ भेडिया निवासी रोशन चौधरी र चन्द्रिका चौधरीको दोश्रो सन्तानको रुपमा चैत्र २० गते विहान ७ः२५ बजे सकुशल छोरीको जन्म भएको प्रसुति गृहकी अनमी सिता श्रेष्ठले जानकारी दिइन् । अनमी श्रेष्ठले बच्चा जन्मिने बेलामा कुनै अप्ठ्यारो अवस्था नआएको र बच्चा पनि स्वस्थ रहेको तथा बच्चाको तौल ३ केजी ३ सय ग्राम रहको बताइन् । सबल नेपालद्वारा सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित स्पोन्सरशिप परियोजना अन्तर्गत फाल्गुन २४ गते प्रसुति गृहको उद्घाटन गरिएको थियो ।  उद्घाटन कार्यक्रममा सुरुङ्गा १ का वडाध्यक्ष मुक्तीकुमार कार्कीले प्रसुति गृहमा जन्मिने पहिलो पचास जना बच्चाको लागि सरकारले दिदै आएको प्रोत्साहन रकममा १ हजार रुपैयाँ थप पुरस्कार र बेबी सेट लुगा उपलब्ध गराउने घोषणा समेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१