Siraha Times
ताजा समाचार

लागु औषध ब्राउन सुगर र मोटरसाइकिल सहित दुई जना कृष्णनगर प्रहरी नियन्त्रणमा

  • भदौ २७, २०८१
  • ९५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, कृष्णनगर २७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ लिंक गेट स्थित बाट ५०५ मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो र मोटरसाइकिल सहित दुई जना ईलाका प्रहरी कार्यालय कृष्णनगरको नियन्त्रणमा रहेका छन्। भारत बाट नेपाल छिर्न लागेका लु. ९४ प. १४७१ नम्बर प्लेटको मोटरसाइकिल शंका लागि चेकजांच गर्दा मोटरसाइकिल चालक कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ६ बस्ने ३६ बर्षिय कलाम अहमद खां र मोटरसाइकिलमा पछाडि सवार शिवराज नगरपालिका वडा नं ६ बस्ने बर्ष २२ का अजय यादव लाई चेकजांच गर्दा अजय यादवको साथ बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५०५ मिलिग्राम फेला परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्। दुबै जनालाई मोटरसाइकिल सहित पक्राउ गरि लागु औषध ब्राउन सुगर मुद्दामा कपिलवस्तु जिल्ला अदालत बाट म्याद थप भई थप अनुसंधान भईरहेको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ। प्रहरी निरिक्षक सुरज खत्री आए देखिनै अबैध कारोबार नियन्त्रण तथा लागु औषधमा संलग्न व्यक्ति लाई पक्राउ गर्दै समाज लाई लागु औषध मुक्त बनाउन विभिन्न समयमा विद्यालयका विद्यार्थी तथा समाजका व्यक्ति माझ विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

नेपाल रेडक्रस धनुषाम ...

जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको हालै गठित तदर्थ समितिलाई लिएर तीव्र व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१