Siraha Times
ताजा समाचार

ऐश्वर्यासँग विवाह अघि यी ३ हिरोइनसंग अभिषेकको झण्डै भएको थियो विवाह

  • चैत २२, २०७४
  • ६९६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

एजेन्सी। अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको विवाह भएको ११ वर्ष भएको छ । पछिल्लो समय यो जोडि बलिउडकै सबैभन्दा सुखी र खुसी जोडि मानिन्छ । दुवैले एक सन्तान पनि पाइसकेका छन् । अभिषेकको पहिलो प्रेमिका करिश्मा कपुर हुन् । दुवै जना लामो समयसम्म प्रेम सम्बन्धमा थिए । विवाहको लागी दुवैको इन्गेजमेन्ट समेत भइसकेको थियो । तर विभिन्न कारणवश दुवैको एक अर्कासंग विवाह भने हुन सकेन । नायिका करिश्मा कपुरसंग विवाह नभएपछि अभिषेकको जीवनमा मोडल दिपानिता शर्माको आगमन भयो । विभिन्न बलीउड फिल्ममा अभिनय समेत गरिसकेकी दिपानिता र उनी केहि वर्षसम्म प्रेम सम्बन्धमा थिए । दिपानितासंग लामो समय विताउदा विताउदै उनी ऐश्वर्याप्रति आकर्षित भएका थिए । कारण पछि गएर उनको दिपानितासंग ब्रेकअप भयो।त्यसपछि उनी नायिका रानी मुखर्जीसंग नजिकिन थाले । दुवैको प्रेम सम्बन्ध लामो समयसम्म चल्यो । दुवैले एक अर्कासंग विवाह गर्ने निर्णयका साथ इन्गेजमेन्ट पनि गरिसकेका थिए । तर अभिषेकको विवाह फरि पनि हुन सकेन । अभिनेत्री रानी मुखर्जीसंग अलग भएपछि फिल्म गुरुमा मुख्य भुमिका निभाएका अभिषेक र ऐश्वर्याले एक अर्कासंग डेट गर्न सुरु गरे । फिल्म सफल भएको उपलक्ष्यमा अभिषेकले उनलाई विवाहको प्रस्ताव राखे र अप्रिल २० २००७ मा दुवै जना विवाह बन्धनमा बाधिएका थिए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१