धनगढीमाईका वडाध्यक्षहरु आन्दोलित

  • साउन २९, २०८१
  • ६४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २९ साउन । तीन बुदे मागसहित सिरहाको धनगढीमाई नगरपालिकाका बडा अध्यक्षहरु आन्दोलित भएका छन् । नगरसभाको मिति तत्काल तोक्नुपर्ने भन्दै तीनबुदे मागसहित २४ घण्टे अल्टीमेटम दिएर आन्दोलित भएका छन् । पालिकाका १२ जना बडा अध्यक्षहरुले सेवा प्रवाह र दैनिक प्रशासन चुस्त-दुरुस्त बनाउन छुट्टै अनुगमन समिति, नगरपालिमा देखिएका समस्याहरु सभा गर्न यथासिघ्र कार्यपालिकाको बैठक आव्हान गर्नुपर्ने र नगरसभाको मित्ति यथासिघ्र तय गर्नु पर्ने माग राख्दै प्रेश विज्ञप्तीमार्फत २४ घण्टे अल्टीमेटन दिएका छन् ।

वडा अध्यक्षहरुद्वारा जारी संयुक्त प्रेस विज्ञप्तीमा 'मागहरु यवासिघ्र पुरा नगरे साउन २९ गते ४ बजेसम्म सम्बोधन नभए हामी बेथिती, गैरजिम्मेबार र गैरजवाफदेहिता विरुद्ध कडा कदम चाल्न बाध्य हुने व्यहोरा जानकारी गराउंदछी भन्ने उल्लेख गरिएको छ । नगरापलिकाका दैनिक प्रशाशनिक कार्य, सेवा प्रवाह लथालिङ्ग भईरहेकोमा छिटो- छरितो बनाउन, विकाशका योजनाहरु सञ्चालन गर्न, स्थानीयतहले गर्नेपर्ने संबैधानिक व्यवस्था नगरसभा राख्न नगरपालिकाका प्रमुखलाई पटक-पटक मौखिक अनुरोध गर्दा पनि कुनै पहल र चासो नदेखिएको भन्दै आफूहरुले वैकल्पिक बाटो अपनाउनु परेको जारी विज्ञप्तीमा उल्लेख छ ।

'यो गैर जिम्मेवारी पन, गैरजवाफदेहीपनवाट नगरपालिकाको सुशासन, सेवा प्रवाह र विकास कार्य प्रभावित हुने देखिएकोले तपशिलका मागहरु तत्काल पुरा हुनुपर्छ।' विज्ञप्तमा उल्लेख छ। जनप्रतिनिधीबीचको विवादका कारण नगरपालिकाको नगरसभा अझै सम्पन्न भएको छैन । जम्मा १४ वडा रहेको यस पालिकाका १२ जना वडाअध्यक्षहरुले जारी विज्ञप्तीमा हस्ताक्षर गरेका छन् । मेयर र प्रमुख प्रशासकीय अधिकृत नियमित कार्यालयमा उपस्थित नहुँदा कार्यालयबाट हुने सेवा प्रभा प्रभावित हुने गरेको सेवाग्राहिहरुको गुनासो रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१