ताजा समाचार

धनगढीमाईका वडाध्यक्षहरु आन्दोलित

  • साउन २९, २०८१
  • ८१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २९ साउन । तीन बुदे मागसहित सिरहाको धनगढीमाई नगरपालिकाका बडा अध्यक्षहरु आन्दोलित भएका छन् । नगरसभाको मिति तत्काल तोक्नुपर्ने भन्दै तीनबुदे मागसहित २४ घण्टे अल्टीमेटम दिएर आन्दोलित भएका छन् । पालिकाका १२ जना बडा अध्यक्षहरुले सेवा प्रवाह र दैनिक प्रशासन चुस्त-दुरुस्त बनाउन छुट्टै अनुगमन समिति, नगरपालिमा देखिएका समस्याहरु सभा गर्न यथासिघ्र कार्यपालिकाको बैठक आव्हान गर्नुपर्ने र नगरसभाको मित्ति यथासिघ्र तय गर्नु पर्ने माग राख्दै प्रेश विज्ञप्तीमार्फत २४ घण्टे अल्टीमेटन दिएका छन् ।

वडा अध्यक्षहरुद्वारा जारी संयुक्त प्रेस विज्ञप्तीमा 'मागहरु यवासिघ्र पुरा नगरे साउन २९ गते ४ बजेसम्म सम्बोधन नभए हामी बेथिती, गैरजिम्मेबार र गैरजवाफदेहिता विरुद्ध कडा कदम चाल्न बाध्य हुने व्यहोरा जानकारी गराउंदछी भन्ने उल्लेख गरिएको छ । नगरापलिकाका दैनिक प्रशाशनिक कार्य, सेवा प्रवाह लथालिङ्ग भईरहेकोमा छिटो- छरितो बनाउन, विकाशका योजनाहरु सञ्चालन गर्न, स्थानीयतहले गर्नेपर्ने संबैधानिक व्यवस्था नगरसभा राख्न नगरपालिकाका प्रमुखलाई पटक-पटक मौखिक अनुरोध गर्दा पनि कुनै पहल र चासो नदेखिएको भन्दै आफूहरुले वैकल्पिक बाटो अपनाउनु परेको जारी विज्ञप्तीमा उल्लेख छ ।

'यो गैर जिम्मेवारी पन, गैरजवाफदेहीपनवाट नगरपालिकाको सुशासन, सेवा प्रवाह र विकास कार्य प्रभावित हुने देखिएकोले तपशिलका मागहरु तत्काल पुरा हुनुपर्छ।' विज्ञप्तमा उल्लेख छ। जनप्रतिनिधीबीचको विवादका कारण नगरपालिकाको नगरसभा अझै सम्पन्न भएको छैन । जम्मा १४ वडा रहेको यस पालिकाका १२ जना वडाअध्यक्षहरुले जारी विज्ञप्तीमा हस्ताक्षर गरेका छन् । मेयर र प्रमुख प्रशासकीय अधिकृत नियमित कार्यालयमा उपस्थित नहुँदा कार्यालयबाट हुने सेवा प्रभा प्रभावित हुने गरेको सेवाग्राहिहरुको गुनासो रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤