Siraha Times
ताजा समाचार

विद्युत अवरुद्ध हुँदा स्वास्थ सेवा प्रभाबित

  • साउन १०, २०८१
  • ९३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान १० गते साउन । सिरहाको रा .उ. स्मारक प्रादेशिक अस्पतालमा विद्युतको विकल्पमा रहेको जेनेरेटरको अभावमा तथा विद्युत सेवा अवरुद्ध हुँदा बिरामीको इसिजी, कम्प्युटर बिलिङ्ग सेवा,ओपीडि सेवा,अक्सिजन,इमर्जेन्सी सेवा, नेवुलाइजर, एक्सरे, भिडियो एक्सरे जस्ता सेवा प्रभावित भएको हो । बिधुत नभएको बेला जेनेरेटरको अभावमा आकस्मिक सेवा पनि प्रभावित हुँदा बिरामीलाई थप समस्या भएको छ । दैनिक तिनचार सयको संख्यामा बिरामीहरु अस्पताल आउने यो अस्पतालमा जेनेरेटरका लागि ४० लाख रकम माग गरेको तर मन्त्रालयले १५ लाख मात्र दिएकोले क्षमता अनुसारको जेनेरेटर हुदैन भने कुराको गुनासो डा.सुनिल कुशवाहाले सुनाएको छ । आज ‘विद्युत सेवा अवरुद्ध भएको २ घन्टा भन्दा बढी भयो । अपतालमा भएको जेनेरेटर चलाएर सेवा दिन कोशिश गरे तर मेसिनमा समस्या देखिएकोले सेवाहरु २ घन्टा ठपप रहयो जसको करन गर्मीले चिकित्सक र बिरामिहरु समस्या खेपेको कुरा यो अस्पतालको समिति अध्यक्ष शत्रुधन मणडलले बताए ।

प्रतिक्रिया दिनुहोस

ठाडीमा सशस्त्र प्रहर ...

कुलानन्द यादव लहान असोज ६ । सिरहाको ठाडी सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ ल्याइएको सामान भन्सार प्रक ...

सुखीपुरमा सामाजिक सु ...

ओम प्रकाश यादव लहान असोज ६ । सुखीपुर नगरपालिकामा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्ति ...

मिसन–८४ : निर्णय गर् ...

रहमुल, लहान ६ असोज । सिरहाको कर्जन्हा नगरपालिका–५ कल्याणपुरमा महिला अधिकार, नेतृत्व, सहभागिता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१