Siraha Times
ताजा समाचार

कुलतमा फसेका युवा द्वारा समाजमा बिकृति फैलिदै

  • असार २९, २०८१
  • १०६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २९ असार । देशका माहौल उथलपुथल भएसंगै तराई मधेशमा हालको अबस्था हेर्दा कुलतमा फसेका किशोर किशोरि युवा युवतीहरुले समुदाय स्तरमा बिभिन्न बिकृति फैलाइ रहेका छन भने समाजलाई अस्तब्यस्त पारीरहेका बिभिन्न घटनाहरु सार्बजनिक भैरहेका छन। शिक्षा क्षेत्रबाट ती किशोर र युवा टाढिरहेका छन। समुदाय स्तरमा चोरीडकैती तथा यौन क्रियाकलापका बढदो घटनाहरू समेत सार्बजनिक भैरहेका छन।

विगत केहि दिन यता सिरहा जिल्ला भरी जति चोरहरु समातिएका छन ती सबका सब कुलतमा फसेका युवाहरू रहेको पाइएको छ। त्यति मात्र होइन ती युवाहरु नत घरब्यबहारमा कुनै कामकाज गर्छन नत घरपरिवार तथा समाजमा कसैको मानसमान नत इज्जत नै गरिरहेका छन। अब त यीनीहरु झुण्डका झुण्ड हुलमा मारपिट, चोरीडकैती, ग्याङ फाइट, बिनामतलव बाइकमा घुमेर अर्थतन्त्र बर्बाद गरिरहेको र अल्प आयुमा जिवन बर्बाद गरिरहेको अनगिन्ती उदाहरणहरु समेत सार्बजनिक भैरहेका छन जुन हरेकलाई थाहा छ तर हाल सम्म यो गम्भिर परिस्थिति प्रति कुनै पक्षको ध्यानाकर्षण भरहेको छैन जबकी हरेक घरपरिवार हैरान छन परेसान छन।

गान्जा, चुरोट, गुटका र लागुपदार्थ सेवन युवाहरुको अब चाहना मात्रै होइन जरुरत भैसकेको छ। ती युवाहरुको अबस्था त यस बर्षको SEE ले पनि देखाइ सकेको छ। आखिर देशै भरीका यति ठुलो संख्यामा युवाहरू किन बिग्रेको हो त? यस सम्बन्धमा राज्य पक्षबाट अहिले सम्म कुनै खोजीनिति भएको देखिदैन। बिदेशी रेमिट्यान्स पुर्ण रुपमा दुरुपयोग भैरहेको छ तर रोकने प्रयास अहिले सम्म हुन सकिरहेको छैन।

समाजमा स-साना कुरोमा दादागिरी , मारपिट, गालीगलौज जस्ता घटना आम भैसकेका छन। शिक्षित बुजरुग होसयार बुद्धिजीवी चुपचाप छन। पुरुष जति बिदेश छिरेका छन र त्यही पुरुषले कमाएका पैसाबाट घरपरिवार चल्नुको साटो महिलाबालबालिका अन्यतृत भएको अबस्था छ। बुढी आमाबुवाको बिजोग भैरहेको छ अनि कसरी समृद्ध बन्ने हो देश गम्भिर प्रश्न उब्जेको छ। हाल देशमा तिन तहका सरकार छन र ती सबैको योजनामा लक्षित बर्गको कार्यक्रम छ। 

तर ती कार्यक्रमहरु असार मसान्तमा १/२ दिन तालिम गराएर कमिशनको खेलखेली नक्कली बिल भरपाइ गरी रकम कागजमै झ्वाम पारेको अनेकौ उदाहरण छन। त्यति मात्र होइन जिल्ला भरीमा कार्यरत गैरसरकारी संघसंस्थाहरुको योजना लागुऔषध नियन्त्रण सम्बन्धि ब्यापक रहेको देखिन्छ तर सबै योजनाको काम नास्ता भत्ताको बलमा कागजमै सिमित भैरहेको आम नागरिकले अब बुझिरहेको छ तर कोइ चुइ पनि बोल्दैन।

देश तथा देशका युवाहरु बर्बाद भैरहेको अबस्था छ। युवा बिना देश बिकास कुनै पनि हालतमा हुन सक्दैन। आखिर यो सब फसादको जड कहाँबाट आयो सोचनीय बिषय बनेको छ। अब पनि सरकारको ध्यानाकर्षण होस। कुलतमा फसेको युवाहरूलाई बिजि गरौ लागुऔष ओसारपसारमा कडाइ गरौ चाहना आम देशबासीको रहेको छ। जनबोलीको कदर र जनचाहना पुरा होस सरकार।

प्रतिक्रिया दिनुहोस

अस्पताल व्यवस्थापन स ...

रहमुल,लहान, २८ जेठ । मधेश प्रदेश अन्तर्गतका अस्पतालहरूको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र न ...

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१