, सिरहा । सिरहा जिल्लाको को भगवानपुर गाउँपालिकको प्राथमिक स्वास्थ्य केन्द्रको अवस्था नाजुक देखिएको छ । गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले निवार्चित हुने वितिकै तामझामका साथ २०७९ साउन १ मा प्रथामिक स्वास्थ्य केन्द्रमै ईमरजेन्सी सेवा शुभारम्भ गरेका थिए । उनले ईमरजेन्सी सेवा सञ्चालनमा ल्याएपछि जनताले अब स्वास्थ्य सेवामा सुधार हुने आश गरेका थिए । तर प्रथामिक स्वास्थ्य केन्द्र र ईमरजेन्सी सेवा कागजमै सिमित बनेपछि जनता निराश बनेका छन् ।
गाउँपालिकामा अध्यक्ष यादव निर्वाचित भएपछि हरेक क्षेत्रमा सुधार हुन्छ सोचेका थिए तर झन अवस्था बिग्रेको राति उपचारको लागि गएको स्थानीय एक युवकले सुनाए । उनले गुनासो गरे– उपचार गराउन यहाँका जनता अझै टाढाको अस्पताल जानुपर्छ । जसका कारण जनता आर्थिक मारमा परिरहेका छन् । हिजो राति दुई जान बिरामी १:४० काे समयमा प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुर ईनरेन्जसीमा जाँदा होस्पीटलमा ताला लागेको थियो । होस्पिटल भित्र रहेको डाक्टर र कार्यलय सहियाेगीले दादागिरी शैलीमा उपचार हुदैन भनेर जाँउ भनेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुरका निमित्त प्रमुख राजेश यादवलाई पिडितले हाेस्पिटल बारेमा जानकारी गराएका छन् ।तर पनि प्रमुखले कुनै चासो देखाएको छैन ।
पिडितले प्राथमिक स्वास्थ्य केन्द्रकाे लापरबाही वारेमा जानकारी दिन गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुनसक्ने छैन । पिडितकाे अनुसार चुनावका बेला आफू युवा भएको र गाउँकाे विकास निर्माणलाई पहिलो प्राथमिकता दिने भन्दै जनताको घरदैलोमा भोट माग्दै हिडेका गाउँपालिका अध्यक्ष यादव अहिले भने तिनै जनतासँग टाढिदै गएको भन्दै गुनासो पोखेका छन् ।
प्रतिक्रिया दिनुहोस
संगठित कुशवाहा, समृद्ध समाजको नारासहित सिरहामा १०औं जिल्ला अधिवेशन सम्पन्न नयाँ नेतृत्वमा अशोक कुमार
लहानमा निःशुल्क मोतिबिन्दु उपचार अभियान प्रभावकारी, मेयर चौधरीद्वारा बिरामीलाई अस्पतालमै भेटेर सहयोग
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic