Siraha Times
ताजा समाचार

फरार प्रतिवादी नियन्त्रण

  • जेठ ३०, २०८१
  • ९९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान ३० जेठ । सिरहा प्रहरीले पाँच जना विभिन्न मुद्दा बाट उमिक्न खोजेका फरार प्रतिवादीलाइ नियन्त्रणमा लिइ कर्वाही गरेको छ । फरार प्रतिवादीहरुलाइ इलाका प्रहरी कार्यालय झाझापट्टी, सिरहाले नवराजपुर गा.पा. ३ फुलबरिया बस्ने अं. वर्ष ५० को राजेन्द्र प्रसाद यादव कुटपिट तथा अंगभंग मुद्दाकाउक्त ठाँउकै वर्ष ८० को खटर यादव ज.ज.क. मुद्दा ४ महिना कैद तोकिएको छ ।

नियन्त्रणकैक्रममा इलाका प्रहरी कार्यालय अर्नमाले जिल्ला सिरहा अर्नमा गा.पा. १ महनौर बस्ने अं. वर्ष ४५ को भुल्ला पाल गढेरी कुटपिट मुद्दा रु.११५।- जरिवाना। त्यस्तै इलाका प्रहरी कार्यालय गोलबजारले जिल्ला सिरहा गोलबजार न.पा. २ बेतौना बस्ने अं. वर्ष ६० को मिश्री लाल गडेरी लागूऔषध मुद्दा जरिवाना रु ३,०००/- , इलाका प्रहरी कार्यालय सुखिपुरले जिल्ला सिरहा सुखिपुर न.पा. १ मोहनपुर बस्ने अं.बर्ष २९ को निर्मल कुमार महतो अमानवीय व्यवहार मुद्दा कैद १ वर्ष, जरिवाना रु.१०,०००।- तोकिएको। 

प्रहरी कारवाहीको शिलशिलामा मिति २०८१।०२।२९ गते जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले सम्मानित सिरहा जिल्ला अदालतबाट मुद्दामा वारदात पश्चात फरार रहेको व्यक्तिहरु लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कर्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सरकारी अस्पतालमा एन् ...

रहमुल, लहान, ३१ असार मधेश प्रदेशअन्तर्गतका सरकारी तथा प्रादेशिक अस्पतालहरूमा लामो समयदेखि एन्टी स्ने ...

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१