Siraha Times
ताजा समाचार

लहान नगरपालिका विरुद्ध झाडु प्रदर्शन, बीच बस्तीमै दुर्गन्ध

  • वैशाख १०, २०७६
  • ७७८ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान , १० बैशाख । लहान नगरपालिका विरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् । लहान ४ स्थित डम्पिँग साईडमा फोहोरको दुर्घन्धले नजिक रहेको बस्ती तथा वडा कार्यालय प्रभावित बनेको छ । फोहोरकै कारण स्थानीयवासीमा विभिन्न किसिमको रोग फैलिन थालेपछि वडाध्यक्ष रामनाथ पण्डितसहितको एक टोलीले डम्पिँग साईड अन्य सारिदिन आग्रह गर्दा नगरपालिकाले त्यही नजिक रहेको उसैको वडा कार्यालयको गेटमा फोहोर राखिदिएपछि स्थानीयहरु आक्रोशित भएका छन् । एक सत्तादेखि यसरी फोहोर व्यवस्थापनको लागि स्थानीयवासीले आवाज उठाउँन थालेपछि नगरपालिकाले पाँच ट्रयाक्टर फोहोर बीच बस्तीमै राखेर जनतासँग प्रतिशोधको प्रदर्शन गर्दै चालकहरु भागेका छन् ।

बाटो अवरोध र बस्तीमै दुर्गन्ध फैलिएपछि वडाध्यक्ष पण्डितको नेतृत्वमा महिला पुरुष झाडु लिएर आज लहान नगरपालिका घेराउ गरेका छन् । लहान नगरपालिकाका मेयर मुनी साहले सोमबार महिलाहरुले झाडु जुलुस निकालेपछि उहाँले आन्दोलनकारीसँग वार्ता गरेका छन् । वार्तामा रामनाथ पण्डितलाई आफुलाई हाकारेर रिसाएर बाहिर नपठाएको दावी गरेका छन् । अध्यक्ष पण्डितलाई तीन दिन अगाडि मेयर मुनि साहले नगर प्रहरीलाई निर्देशन दिँदै बाहिर निकालिएका थिए ।

विगत केहि वर्षदेखि लहान ४ स्थित डम्पिङ साइटमा नगरपालिकाले फोहोर विसर्जन गर्दै आएको छ । ति फोहोरको दुर्गन्धले स्थानीय विरामी पर्न थालेका छन् । जसका कारण स्थानीयले त्यहाँ फोहोर फाल्न रोक्ने प्रयास गर्यो । तर मेयर साहले त्यही फोहोर फाल्न लगाएपछि स्थानीयले २ दिन अगाडी फोहोर बोकेको ट्याक्टर रोके । पछि ट्याक्टर चालक झन टोलमै फोहोर छाडेर गएपछि स्थानीय महिला आक्रोशित भएर झाडु जुलुस प्रदर्शन गरेकी छन् । समस्या यथावतै रहेको स्थानीयवासीको कथन छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१