Siraha Times
ताजा समाचार

लहानको दरबारले पाए टुस्टारको दर्जा

  • वैशाख १०, २०७६
  • १४१४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान १० बैशाख । दूई बर्षमा लहानको दरबार होटलले दूई तारा अर्थात टुस्टारको फुली प्राप्त गरेका छन् । फ्नडम रेष्टुराँ , २ सय सिट भएको मिटिँग हाँल व्यवस्थित, अन्तर्राष्ट्रियस्तरको स्वीमिँग पुल साथै ट्रेनिँगको व्यवस्थासहित,डिलक्स रुम (पाँच),सुपर डिलक्स (दूइ) , स्टेन्डर रुम (१२ ) र ननऐसी रुम २ छ । स्वदेशी र विदेशी खानाको परिकारको विशेष व्यवस्था रहेको आधारमा खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय राजविराजले सो मापदण्ड पूरा भएको भन्दै टुस्टारको दर्जा दिएको होटल प्रबन्धक यम विश्वकर्माले बताए । २०७३ बैशाख महिनाको १७ गतेदेखि सँचालनमा आएको दरबार होटल प्रदेश २ र सगरमाथा अँचलको नमुनाको रुपमा रहेको छ । चार करोड ५० लाखको लगानीमा संचालन भएको सो होटलमा आन्तरिक र बाहिरीय पर्यटकहरुको लगाव बढ्दै गएको छ । दूई बर्षकै अन्तरालमा देश विदेशका अतिथिहरुलाई मन जित्न सफल समेत भएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै होटेललाई नेपाल सरकारबाट दूई तारे होटेलको मान्यता पाएको सार्वजनिक गरिएको छ । होटेल प्रबन्धक याम विश्कर्माका अनुसार आउने दिनमा कमी कमजोरीलाई सुल्झाउदै रेष्टुरेन्टलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन प्रतिबद्धता गरेका छन् । अगामी दिनमा १ हजार बस्ने हँलको पाँच तल्ले भवन बनाउने योजना रहेको बताए । होटेलमा ४० जना भन्दा बढी रोजगारी पाएको छ भने बार्षिक अढाई करोडबढीको कारोबार रहेको छ । प्रबन्धक विश्वकर्माले भने लहानमा कुनै पनि होटेलसंग हामी प्रतिस्पर्धा गरेको छैन । होेटल प्रयोजनका लागि खाद्य सामाग्रीहरु बाहिरबाट आउने गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वरप्रसाद गुप्ताले स्वच्छ सुन्दर र सफा राख्न ध्यानाकर्षण गराउँनु भएका थिए । दरबार होटल डा.श्रीकृष्ण यादव र विरेन्द्र साहका लगानीमा सँचालन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१