Siraha Times
ताजा समाचार

बलिउड स्टार सलमान खानलाई जेल सजाय

  • चैत २२, २०७४
  • ७८५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र २२ । भारतको जोधपुर अदालतले कालो हरिण शिकार गरेको आरोपमा दुई दशकपछि अभिनेता सलमान खान, सैफ अली खान, सोनाली बेन्दे्र, तब्बू तथा नीलिमा कोठारीविरुद्ध बिहीबार आफ्नो फैसला सुनाउँदैछ ।

आफूविरुद्धको मुद्दाको अन्तिम फैसला सुन्न कडा सुरक्षाबीच भारतको जोधपुर अदालत जाँदै बलिउड नायक सलमान खान । तस्विर : इण्डियन टाइम्स

मुख्य न्यायिक मजिस्ट्रेट देवकुमार खत्रीले सन् १९९८को यो मुद्दाका बारेमा २८ मार्चमा पूरा सुनुवाई गर्दै फैसलापछि सुनाउने घोषणा गरेका थिए । फैसला सुनाउने क्रममा आरोपी सबै कलाकार अदालतमा उपस्थित रहने छन् । केही बेरमा अदालतले फैसला सुनाउने जनाइएको छ । अदालत परिसरमा कडा सुरक्षा व्यवस्था गरिएको छ । सलमान खान मुम्बई विमानस्थलबाट चार्टड विमानमा बहिनीहरु अलविरा अग्निहोत्री र अर्पिता खान शर्माको साथमा जोधपुर पुगिसकेका छन् । आरोपी अन्य कलाकार पनि जोधपुर पुगिसकेका छन् ।

 

१० वर्षअघिको मुद्दाले जेल जाने सम्भावना

यदि सलमान खानलाई ३ वर्षको जेल सजाय सुनाइएमा उनलाई त्यति नै बेला बेल प्राप्त हुने मुद्दाका जानकार बताउँछन् । यदि उनलाई ५ वर्षको जेल सजाय भएमा उनले कमसेकम एक दिन जेलमा बिताउनु पर्नेछ । एक दिनपछि शनिबार र आइतबार भएकाले उनले तीन दिन जेलमा बस्नु पर्ने पनि हुन सक्छ ।

यस्तो थियो घटना

यो घटना चलचित्र ‘हम साथ साथ हे’ को सुटिङको दौरानमा घटेको थियो । सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको यस चलचित्रको सुटिङको समयमा सलमान खानले कालो हरिण मारेको आरोप लागेको छ । साथै सलमानलाई उक्साउन सहयोग गरेको आरोपमा सैफ अली खानसहितका अन्य कलाकारको नाम पनि समावेश छ । सलमान खानलाई वन्यजन्तु संरक्षण कानुनको धारा ५१ त्था अन्य कलाकारलाई वन्यजन्तु संरक्षण कानुनको धारा ५१ त्था भारतीय दण्ड सहिंताको धारा १ सय ४२ अन्तरगत मुद्दा चलाइएको छ ।

सलमानका वकिल यसो भन्छन्

सलमानमाथि लागेका हरिण शिकारको आरोपलाई खण्डन गर्दै उनका वकिल एचएम सारस्वत अभियोजन पक्षको प्रमाणमा बनावटीपन रहेको छ । सारस्वतले अभियोजन पक्ष हिरण बन्दुककै गोलीबाट मारिएका थिए भन्ने प्रमाण पेश गर्न पनि विफल भएको बताए । यस्तोमा उनीहरुको जाँचको भरोसा गर्न नसकिने उनले बताएका छन् ।

यस्तो छ सरकारी वकिलको भनाई

सरकारी वकिल भवानीसिंह भाटीका अनुसार त्यो रात सबै कलाकार जीपमा सवार थिए । जीप सलमानले चलाइरहेका थिए । हरिणको बथान देख्ने बित्तिकै सलमानले बन्दुक चलाएर दुईटा हरिण मारे । सरकारी वकिलका अनुसार जब गाउँका स्थानीयले कलाकारले हरिणमाथि गोली चलाएको देखे, उनीहरु मृत हरिणलाई त्यहीं छोडेर भागे । भाटीले कलाकारविरुद्ध आफूहरुसँग पर्याप्त प्रमाण रहेको बताएका छन् ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१