Siraha Times
ताजा समाचार

जनकपुरधाममा युथ एक्सन फोर्स" नामक संजाल गठन

  • वैशाख ७, २०७६
  • ९९६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर कुमार मंडल बैशाख ७ गते जनकपुरधाम उपमहानगरपालिकामा विभिन्न वार्डका युवाहरूको सक्रियतामा "युथ एक्सन फोर्स" नामक संजाल गठन गरिएको छ । उक्त संगठनको प्रमुखमा सर्वसहमतिले युवा नेता प्रशान्त झा चयन भएको छ । जनकपुरधाम उद्योग बाणिज्य संघमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सामाजिक अभियान्ता तथा उद्योग बाणिज्य संघका महासचिव जितेन्द्र महासेठको उपस्तिथिमा संगठनका पदाधिकारीले महासेठको हातबाट फुलमाला लगाए पद ग्रहण गरेका थिए । संगठनमा २१ सदस्य समिति चयन गरिएको छ । उपाध्यक्षमा मनिष मंडल,पंकज साह,कोषाध्यक्षमा दिपक यादव,महासचिवमा अमित साह, सचिवमा निरज गुप्ता, सदस्यमा सरोज साह, धनन्जय यादव,किसन साह,राजु मंडल,देव मंडल,सुस्वेट लाभ,उदय यादव र गौरभ सिंह चयन भएको छ भने संगठनको सल्लाहकारमा धर्मेन्द्र यादव (धिरु) राज कमल सिंह, उपेन्द्र साह, अरुण यादव,अभिजित सिंह,अजित मंडल छनोट भएको छ ।

सो संगठनको बारेमा छोटो प्रतिक्रिया दिदै संगठनका प्रमुख झाले भने " अहिले देशमा,नगरमा, वडामा जताततै भ्रष्टाचार,मौलाएको छ, विकृति बढेको छ,पीडितले न्याय नपाएर थप पीडा खेप्नुपरेको छ यस्तो अवस्थामा अब हामी युवाले पार्टी भन्दा माथी उठेर पीडितको पक्षमा र अन्यायको विरुद्धमा सम्बन्धि निकायमा दबाब सिर्जना गर्न एक जुट हुनुपर्ने दिन आएको छ त्यसै अनुरुप आज हामी उर्जाशिल,जोशीला र क्षमतावान युवाहरूलाई एकीकृत गरि एउटा युथ एक्सन फोर्स संगठन निर्माण गरेका छौ" । यस संगठनको हरेक गतिविधि समाजिक हितमा समर्पित हुनेछ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१