Siraha Times
ताजा समाचार

राजनीतिकरणको चपेटामा श्री जनता रास्ट्रिय आधारभूत विद्यालय जब्दी १ श्रीपुर विद्यालय

  • चैत ६, २०८०
  • ८३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान चैत्र ६  । राजनीतिकरणको चपेटामा विद्यालय तेस्रो पटकमा पनि हुन् सकेन विद्यालय व्यवस्थापन समिति सप्तरी जिल्लाको सुरुंगानगरपालिकामा पर्ने जब्दी श्रीपुर साबिक वडा न.१ हाल वडा न. ६ मा पर्ने श्री जनता रास्ट्रिय आधारभूत विद्यालय जब्दी १ श्रीपुरमा विगत ४ वर्ष देखि विद्यालय व्यवस्थापन समिति गठन हुन् सकेको छैन यसमा न त समाज सक्रिय देखिन्छ न त त्यहा राजनीति गर्ने कुनै नेता यस विद्यालयमा विगत केहि समयदेखि राजनीतिकरण भएका कारण अस्तव्यस्त भएको विद्यालय प्र . अ राज कुमार साहले भने  ।

मधेश प्रदेशमा अहिले साक्षरता प्रतीशत कमजोर रहेको छ । मधेस प्रदेशको साक्षरता दर ६३.५ प्रतिशत रहेको छ । मधेश प्रदेशका आठवटै जिल्लाका १ सय ३६ स्थानीय तह अहिलेसम्म साक्षर पालिका घोषणा हुन सकेको छैन । यी अवस्थाका बिच सबै भन्दा बढी प्रश्न उठने भनेको सामुदायिक विद्यालय माथी नै हो । प्रश्न उठनु पनि स्वभाविक हो । सामुदायिक विद्यालयका शिक्षकले शिक्षक सेवा आयोग पास गरेर विभिन्न तालिम प्रशिक्षण प्राप्त गरेर र सरकारी बजेट बिद्यालयमा आईरहने भएकोले पनि प्रश्न गरिनु पर्छ ।

सामुदायिक विद्यालयका शिक्षकले चाहेमा गुणस्तरमा सुधार हुने निश्चित छ । यस्तै सुधारतर्फ केन्द्रित भएको छ, श्री जनता राष्ट्रिय आधारभूत विद्यालय श्रीपुर । ५०-६० जना बालबालिका मात्र भेटाउने यो विद्यालयमा अहिले दुई सयको हराहरीमा बालबालिका आउँछन् । बालबालिका विद्यालयमा आउनुसँगै शैक्षिक गुणस्तरमा सुधार समेत भएको छ । यसो हुनमा करिब एक वर्ष अघि विद्यालयको नेतृत्व गर्न पुगेका प्रधानाध्यापक राजकुमार साह हुन ।

विगत चार वर्ष देखि अहिलेसम्म विद्यालयमा व्यवस्थापन समिति नभएपछि निकै चिन्तित भएका प्रधानाध्यापक साहले विद्यालयमा बालबालिका विहिन, आधारभूत सुविधा नभएको अवस्थामा विद्यालयमा बस्नु नबस्नु सोच्दै उनी अन्तिममा विद्यालय सुधार्नुपर्ने प्रण गरे । विद्यालयको प्रध्यानाध्यापकमा एक वर्ष नवित्दै उनले बालबालिकालाई विद्यालयमा पढन आउने वातावरण बनाउनु सफल भए । प्रधानाध्यापक साहले देखाएको दृढ इच्छा शक्तिका कारणले अहिले सो विद्यालयमा विद्यार्थीले भरिभराउ हुन पुगेको छ ।

चालू शैक्षिक शत्रमा बालविकासदेखि कक्षा ७ सम्म १ सय ९६ बालबालिका अध्ययनरत रहेका छन् । विशेषगरी दलित समुदायका बालबालिका अध्ययनरत रहेको प्रअ साहले बताएका छन् । सतप्रतिशत विद्यार्थी उपस्थिती नभएपनि शून्यको तुलनामा ९० प्रतिशत उपस्थिती हुँदै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१