भ्रष्ट अधिकृत श्रीवास्तवको कारण पोखरिया नगरपालिका बदनाम, जनप्रतिनिधिहरु मौन !

  • फागुन २४, २०८०
  • १०९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २४ फागुन। पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले भ्रष्टाचारको मामिलामा ताण्डव नै मच्चाएको स्थानियहरुले आरोप लगाएका छन् । भ्रष्ट अधिकृत श्रीवास्तवले भुजापकौडीको पसल देखि लिएर चिया नास्ता लगायतका ठाउँहरुबाट पनि कमिशन असुल्ने गरेको बताईन्छ । पोखरिया नगरपालिकामा दशौं तह (उपसचिव)को दरबन्दी भए पनि सातौं तहमा कार्यरत्त श्रीवास्तवले संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई रिझाउदै निमित्त हाकिम बन्न सफल भएको सोही कार्यालयका कर्मचारीहरु बताउँदछन् ।

सो कार्यालयमा हेल्थ ईन्सपेक्सनको दरबन्दी नभएतापनि मेयर प्रद्युमन प्रसाद चौहान र उपमेयर रुबी ठाकुर बीच झगडा लगाउदै मेयरको सहयोगमा आफ्नो रोटी सेक्दै निमित्त बन्दै आएको कर्मचारी स्रोतको भनाई रहेको छ । अधिकृत श्रीवास्तव हेल्थ ईन्सपेक्सन ७ औं तहको कर्मचारी भए पनि उनी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भेटी चढाउदै आफ्नो म्याद थप्न लगाउदै आगामी अषाढ मसान्तसम्मको म्याद थप गराएको ती स्रोतको भनाई रहेको छ ।

भ्रष्ट अधिकृत श्रीवास्तवले नगरपालिकाको प्रत्येक भुक्तानी हुनु भन्दा अगाडि अनिवार्य पर्सनल कमिशन (पिसि) बुझेपछि मात्र भुक्तानी दिने गरेको बताईन्छ । भ्रष्टाचारको मामिलामा गन्हाईसकेका अधिकृत श्रीवास्तवले जिन्सी प्रमुख मनोज साहको मिलोमतोमा जिन्सीको सामान नै नल्याईकन बिल मात्र राखी लाखौं लाख भुक्तानी गरेको स्रोतले जनाएको छ । अधिकृत श्रीवास्तव र जिन्सी प्रमुख साहले प्रायः साँझ रक्सीको मातमा योजना बनाउने र सोही योजना अनुसार बिना सामानको बिल मात्र राखी भुक्तानी गर्ने गरेको ती स्रोतको भनाई रहेको छ ।

कमिशन र घुसको मामिलामा आतंक मच्चाउदै आएका भ्रष्ट अधिकृत श्रीवास्तवले करिब दुई महिना अगाडि बिना सूचनाको करिब ७ जना कर्मचारी भर्ना गरेको स्रोतको भनाई रहेको छ । पोखरिया नगरपालिकामा अपरेटर र सुपरवाईजरको पद रिक्त नभए पनि मधु पाण्डे, अमित चौहान, संदिप साह गोढ, सरोज चौहान लगायत ७ जना मध्ये ५ जना सँग जनही २ लाखको दरले रकम लिई भ्रष्ट अधिकृत श्रीवास्तवले नियुक्ती दिएको स्रोतको कथन रहेको छ । २ जना कर्मचारी मेयर चौहानको नजिकको रहेको कारण सो २ जनाले घुसको रकम नदिएको ती स्रोतको दाबी छ । बिना सूचनाको भर्ना भएका कर्मचारीहरु नेपाल सरकारको चौथो तहको तलब सुविधा खाने स्रोतले जनाएको छ ।

हेल्थ ईन्सपेक्सनको कर्मचारीलाई प्रशासन सम्बन्धि खासै अनुभव नभएतापनि संघिय मन्त्रालयमा लाखौं लाख खर्चेर हाकिम बन्न सिपालु रहेका अधिकृत श्रीवास्तवलाई कार्यालयका कर्मचारीहरुले नै भ्रष्टाचारी हाकिम भन्ने गरेको एक ठेक्केदारले यस अनलाईनलाई बताए । भ्रष्टाचार कसरी गर्ने बारेमा सुक्ष्म अनुभव बोकेका अधिकृत श्रीवास्तवको कालाकर्तुतले पोखरिया नगरपालिका बदनाम हुदै गए पनि मेयर चौहान, उपमेयर ठाकुर लगायतका जनप्रतिनिधिहरुले संवेदनशिल नहुँदा नगरपालिका थप बदनाम हुँदै गएको पोखरियावासीहरुको कथन रहेको छ ।

जिन्सीमा अवैध भुक्तानी, पदरिक्त नभए पनि कर्मचारीहरुको बिना सूचनाको भर्ना, विकास निर्माण, सामाजिक विकास तथा लक्षित वर्गको कार्यक्रम लगायतका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउँदा अधिकृत श्रीवास्तवले “दिन दुगुना रात चौगुना” एनि हाउ पैसा कमाउ अभियानमा सक्रिय नै रहेको स्रोतको कथन रहेको छ । यस सन्दर्भमा अधिकृत श्रीवास्तव सँग मोबाईल फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस

निश्चय यात्रा उत्तर ...

कपिलवस्तु, बैशाख ३० । भारतको उत्तर प्रदेश राज्यको लखनऊ मा केन्द्रीय कार्यालय रहने गरि निश्चय यात्रा ...

पिडित परिवारको अवस्थ ...

लहान वैशाख ३० । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१, भगवतिपुर सदाय टोलमा केही समयअघि घटेको घट ...

लहान–१५ ढोढनास्थित म ...

लहान, वैशाख २९ । लहान नगरपालिका–१५ स्थित ऐतिहासिक एवं धार्मिक महत्त्वको केन्द्र माँ राजदेवी पञ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१