Siraha Times
ताजा समाचार

सिरहाका २ पत्रकारलाई वडाध्यक्षद्वारा कार्यालयमै कुटपिट, प्रति आपत्ति आज प्रहरीमा जाहिरी दिने

  • फागुन १८, २०८०
  • २१९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कुलान्नद यादव लहान ।

   सिरहाको नवराजपुर गापा वडा नं.३का वडाध्यक्ष बंसिलाल यादवद्वारा पिटिएका सिरहाका एबी मिडिया हाउसका पत्रकारहरु बलिराम दास र दिपेन कुमार मण्डल आफूहरुलाई सार्वजनिक सरोकारका कार्यालय वडा कार्यलयमै थप्पडै थप्पड हिर्काएका वडाध्यक्ष यादबलाई कार्यवाही नगरेसम्म पत्रकारिता नगर्ने दुखेसो पोखेका छन्। पिडित पत्रकारहरु गत फाल्गुन १६ गते नवराजपुर गापा वडा नं.३को समग्र विकास,कृषि ,स्वास्थ्य लगायतका अवस्थावारे समाचार संकलन गर्न वडा कार्यालयमा दिउँसो १ बजे पुग्दाको १ घण्टा पछि वडाध्यक्ष यादब गाली गलौज  गर्दै आक्रोसित  मुडमा कार्यालय भित्र छिरे र छिर्ने बितिकै केही सोधखोज नगरी पत्रकारहरु माथि शत्रुको शैलीमा निर्दयी आक्रमण गरेको थियो। पत्रकारहरु नमस्कार भन्दै सम्मानजनक व्यवहार गर्दा पनि वडाध्यक्ष यादवले गरेको अमानवीय व्यवहारको सिकार हुन पुगे।वडाध्यक्ष यादबले पत्रकार बलिराम दासले गरेको नमस्कार शब्दलाई वास्तै नगरी दुबै पत्रकारलाई पालैपालो पहिले  बलिराम र लगतै पछि दिपेनलाई झर्याङ कनपटमै कसेर थप्पड हिर्काएको अडियो भिडियोमै देखिएको ,सुनिएको छ ।

 

       त्यति मात्र हैन वडाध्यक्ष यादबले अफिस बाहिरका केही युवाहरुलाई पनि बोलाएर पत्रकारहरुको परिचय पत्र र हुलियावारे सोधखोज आफू अफिस आउनुपूर्व नै गर्न लगाएका थिए। वडाध्यक्ष यादवले पत्रकार दासको मोवाईल फोन पनि खोसे र केही छिनमा फिर्ता गरेर लोकतान्त्रिक पद्धतिको खिल्ली नै उडाए।

        यश सम्बन्धमा निज पत्रकारहरुको सम्बन्धित कार्यरत संस्था एबि मिडिया हाउस प्रा.लि.लहान सिरहाले मातहतका प्रहरी चौकी झाँझपट्टि लगायत जिल्ला प्रहरी कार्यालय सिरहालाई समेत जानकारी गराईएको मिडिया हाउसका संचालक निरज कुमार यादबले जनाएका छन्।त्यस्तै मिडिया हाउस लहानले नेपाल पत्रकार महासंघ सिरहालाई पनि ध्यानाकर्षण तथा पिडक वडाध्यक्ष यादबलाइ कार्वाहीको लागि विज्ञप्तिमार्फत अनुरोध गरेको छ।तर महासंघले हालसम्म त्यस सम्बन्धित कुनै प्रेस विज्ञप्ति जारी नगरेकोले आफ्नै छाता संगठनबाट सहयोग पाइएलाकि नाई,भन्ने कौतुहलताका साथ महासंघतर्फको विज्ञप्तिको लागि पिडित पत्रकार र मातहतका संस्थाले मिनेट मिनेट पर्खिरहेको संस्थापक यादबले निराशाजनक मल्लिन शब्दमा भन्ने।

  जे भएपनि प्रेस स्वतन्त्रता माथिको अन्याय र पत्रकारहरुलाई गाली गल्लौज र कुटपिट गरी सार्वजनिक पदलाई दुरुपयोग गर्ने वडाध्यक्ष बन्सिलाल यादव बिरुद्ध हदैसम्मको कार्यवाहीको लागि आज फाल्गुन १८ गते शुक्रवार  इप्रका लहानमा जाहेरी दरखास्त दिइने पिडित पत्रकार र मातहतका मिडिया हाउसले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

कटनिया नदीमा पुल निर ...

रहमुल, लहान १६ वैशाख । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्ड अन्तर्गत पर्ने कटनिया नदीमा वर्षौं ...

सुखीपुर नगरपालिका अस ...

रहमुल, लहान, १६ वैशाख । सिरहाको सुखीपुर नगरपालिका लामो समय देखि अस्तव्यस्त अवस्थामा रहेको पाइएको छ। ...

सिरहामा सहकारी विवाद ...

रहमुल,लहान १६ वैशाख । सिरहा स्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भगवानपुर शाखा विरुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१