Siraha Times
ताजा समाचार

समाजवादी प्रेस संगठनका महासचिव ऐलन माथि कारवाहीको माग गर्दै नेकपा एस केन्द्रिय कार्यालयमा उजुरी

  • माघ १०, २०८०
  • ११४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १० माघ । श्रमजिवि पत्रकारहरुको छाता संगठन समाजवादी प्रेस संगठन नेपालका महासचिव रामकुमार ऐलन माथि कारवाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय कार्यालय, केन्द्रिय प्रचार विभाग समिति एवं संगठनका केन्द्रिय समिति काठमाडौंमा उजुरी परेको छ । सो उजुरीमा महासचिव ऐलन समाजवादी पर्सा संगठनलाई करिब एक वर्ष देखि जानी–जानी भाडभैलो गरी गुट–उपगुटमा बिभाजित गरेको आरोप लगाईएको छ । महासचिव जस्तो जिम्मेवार व्यक्तिले जिल्ला–जिल्लामा झगडा लगाएर संगठन र पार्टीलाई कमजोर बनाउदै गईरहेको उजुरीमा उल्लेख छ ।

फिलिंगो मिडियाका संचालक समेत रहेका रामकुमार रिजाल भन्ने रामकुमार ऐलनले युवा क्षमता विकास र आधारभुत पत्रकारिता तालिम कार्यक्रम सञ्चालन गर्दा अनियमित्ता गरेको हुनाले ऐलनलाई विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल सहितको ईजलासले भ्रष्टाचारी ठहर गरेको हो । सम्मानित विशेष अदालतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को १ र १ (घ)को व्यवस्था अनुसार कसुर ठहर गरेको छ ।

विशेष अदालतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) अनुसारको कसुरमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजमि सजाय हुन र सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सो बिगो जफत हुने समेत भ्रष्टाचार भएको रकम २ लाख ६० हजार ९ सय रुपैया अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माग दाबी गरे अनुसार नै भ्रष्टाचार ठहर भएको हो ।

भ्रष्टाचारी ऐलनले संगठनलाई भाडभैलो गरेको र सम्मानित विशेष अदालतले भ्रष्टाचारी ठहर गरिसकेको अवस्थामा पनि महासचिव जस्तो गरिमामय पदमा राखिराख्नुले गौरवशाली संगठन र पार्टी प्रति नकारात्मक सन्देश प्रवाह भईरहेकोले ऐलनलाई महासचिव पदबाट पदमुक्त गर्न कारवाहीको माग गर्दै उजुरी परेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१