ताजा समाचार

समाजवादी प्रेस संगठन पर्साको सम्मेलन माघ १२ गते, भ्रष्टाचारी महासचिव ऐलन माथि कारवाहीको माग

  • माघ ७, २०८०
  • ८४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज ७ माघ। समाजवादी प्रेस संगठन नेपाल पर्साको कार्य समिति बैठक आईतवार वीरगंजमा सम्पन्न भएको छ । संगठन पर्साका सचिव अजय चौरसियाको अध्यक्षतामा बसेको सो बैठकले यही माघ १२ गते जिल्ला सम्मेलन गर्ने सर्वसहमतिबाट निर्णय गरेको छ । बैठकले जिल्ला सम्मेलन तयारीको लागि संगठनका बरिष्ठ कार्य समिति सदस्य आशमहम्मद मियाँको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । आयोजक समितिको सदस्यहरुमा श्रीराम रौनियार, दिपेन्द्र गिरी, रंजित चौरसिया, दिपक कुशवाहा, राम अनुप यादव, रामेश्वर चौरसिया, जय कुमार यादव, दिपक चौरसिया, राकेश कुमार जायसवाल लगायत रहेका छन् ।

यसका साथै माघ १० गते भित्र संगठन पर्साका सदस्यहरुको सदस्यता नविकरण तथा ईच्छुक श्रमजिवी पत्रकारहरुलाई नयाँ सदस्यता वितरण गर्ने बैठकले निर्णय गरेको छ । त्यसको सम्पूर्ण जिम्मेवारी सम्मेलन आयोजक समितिका संयोजक आशमहम्मद मियाँलाई दिने निर्णय भएको जनाईएको छ । सम्पन्न बैठकले संगठनका महासचिव रामकुमार ऐलन माथि कारवाहीको माग गरेको छ । ऐलनले समाजवादी पर्सा संगठनलाई जानीजानी भाडभैलो गरी गुट–उपगुटमा विभाजित गर्दै आएको र रामकुमार रिजाल भन्ने रामकुमार ऐलनलाई सम्मानित विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल सहितको ईजलाशले भ्रष्टाचारी ठहर गरिसकेको हुनाले नैतिकहीन व्यक्तिलाई महासचिव जस्तो गरिमामय पदमा राखिराख्नुले बाहिर गौरवशाली संगठन प्रति नकरात्मक सन्देश प्रवाह भईरहेकाले ऐलनलाई कारवाही गरी महासचिव पदबाट पदमुक्त गराउन संगठनका केन्द्रिय समिति, केन्द्रिय प्रचार विभाग र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रिय नेतृत्व सँग जोडदार रुपमा माग गरेको छ ।

सम्पन्न सो बैठकमा पार्टीका सचिवालय सदस्य राघव साह, पार्टी र युवा संगठनका सचिवालय सदस्य एवं युवा फाँट प्रमुख अनिल पटेल, पार्टीका जिल्ला कमिटी सदस्य एवं नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रिय सदस्य आकाश पटेल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन समाजवादीका पर्सा अध्यक्ष मेवालाल साह लगायतको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤