Siraha Times
ताजा समाचार

प्रदेश २ केही वर्षमै हरियाली प्रदेश हुनेछ - राज्य मन्त्री सुरेश मन्डल

  • चैत २७, २०७५
  • १२७० पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, लाहान, २७ चैत । प्रदेश २ का राज्यमन्त्री सुरेश मन्डल द्वारा लाहान स्थित रा. उ. मु. स्मारक अस्पतालमा स्विङ विन (डस्ट विन) वितरण गरिएको छ । जिल्ला वन कार्यालय सिरहा को आयोजनामा भएको डस्ट विन वितरण कार्यक्रममा मन्त्री सुरेश मन्डल ले वातावरण संरक्षणमा विशेष जोड दिनु भएको छ। अस्पताल अनुगमन र सरसफाइ पश्चात् मन्त्री मन्डलद्वारा वितरण गरिएको डस्टविन सहि रुपमा प्रयोगमा ल्याउन अस्पतालका मे. सु सुनिल कुश्वाहा लाई आग्रह गर्नुभयो ।

"सरसफाई अस्पतालको लागि अति नै महत्वपुर्ण हुने हुँदा फोहोर डस्टविनमा फाल्नुपर्ने बानी को बिकास गर्न अस्पतालमा उपचाररत आउने रोगी र कुरुवाहरुमा चेतना हुनु अति आवश्यक छ।" मन्त्री मन्डल ले थप्दै भन्नुभयो । कार्यक्रम सम्बोधनकै क्रममा वहाँले भन्नुभयो कि प्रदेश २ मा जम्मा ५५ लाख जनसंख्या छन यदि प्रत्येक ले आफ्नो जन्मदिन र वैवाहिक वर्षगाठ एक एक बिरुवा रोपेर मनायौं भने विना खर्च यो प्रदेश हरियाली प्रदेशकोरुपमा विकसित हुनेछ ।

कार्यक्रममा डिभिजन वन अधिकृत उपेन्द्र प्रशाद पटेल, सहायक वन अधिकृतहरु अमरेन्द्र प्रशाद यादव, राजकुमार ठाकुर, राम भगत यादव, विरेन्द्र कुमार यादव, रेन्जर किशोर कुमार चौधरी, राजपा नेपालका केन्द्रिय सदस्य किशोरी यादव, राकेश झा, लाहान नगर अध्यक्ष शत्रुधन मन्डल, प्रेस मञ्च नेपालका केन्द्रिय सचीव विरेन्द्र (विरु) यादव, केन्द्रीय सदस्य गोपाल गुप्ता, राजपाका युवा नेता मनोज(मन्जे) यादव, समाजवादी फोरमका नगर अध्यक्ष दिनेश महतो लगायत ले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१