Siraha Times
ताजा समाचार

श्रावण १६ देखि बुद्ध एयरले जनकपुर–काठमाण्डौं तीन उडान भर्ने

  • चैत २१, २०७५
  • ७४७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राहुल कुमार सिंह चैत २१ निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले जनकपुर—काठमाण्डौं दैनिक तीन उडान भर्ने भएको छ । यात्रुहरुलाई लक्षित गर्दै बुद्ध एयरले ७२ सिट भएको बिमान आगामी २०७६ श्रावण १६ गतेदेखि जनकपुर–काठमाण्डौं तीन पटक उडान भर्ने बुद्ध एयर जनकपुरका प्रबन्धक बिजय कुमार सिंहले जानकारी दिएका छन । यो उडान हाल प्रयोग भइरहेको एटिआर–७२ विमानबाटै हुनेछन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट जनकपुर पुग्न २५ मिनेट लाग्ने गरेको छ । यसअघि बुद्धले दैनिक दुई उडान भर्दै आएको छ । बुद्धले यात्रुलाई विशेष जोड दिने तयारी रहेको जनाएको छ । बुद्धले हाल आन्तरिकतर्फ भद्रपुर, विराटनगर, तुम्लिङ्टार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङ्टार र पोखरा–भैरहवा उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१