जिल्ला देखि राष्ट्रिय स्तरमा 'एसओएसको' विद्यार्थीको एकपछी अर्को सफलता

  • कार्तिक २८, २०८०
  • ११३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र पासवान/लहान कात्तिक २८ । मधेश प्रदेश स्थित सिरहाको लहानमा रहेको 'स्कुल अफ स्कलर्स' स्थापना भएको २ वर्षमै जिल्लादेखि राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । केही दिन अगाडी मात्र ७ औं 'दक्षिण एशियाली कराते प्रतियोगिता छनोटमा ५० किलो समुह अन्तर्गत राष्ट्रिय स्तरको खेलमा गोल्ड मेडल प्राप्त गरि नेपालको तर्फबाट स्कुल अफ स्कलर्स' मा अध्यनरत छात्र रितिक थिङ्ग छनोट भएका छन् । छात्रले थिंगले ४४ वटा भन्दा बढि राष्ट्रका खेलाडीहरूको सहभागी रहने खेलमा उनले नेपालको तर्फबाट खेल्ने मौका पाएका छन् ।

एउटा ठुलो सफलता हात पारेको केही दिन नबित्दै सिरहाको बरियारपट्टीमा कात्तिक २२ र २३ विज्ञान तथा कला प्रदर्शनीमा विज्ञान र कला (नृत्य कला) मा प्रथम स्थान हासिल गरेका छन् । बरियारपट्टी गाउँपालिका-३ को जनता माध्यामिक विद्यालय प्राविधिक धारमा विज्ञान तथा कला प्रदर्शनी-२०८० आयोजना भएको थियो । उक्त 'विज्ञान तथा कला प्रदर्शनी-२०८०' मा विभिन्न ४ वटा विधाहरू विज्ञान, वातावरण, सामाजिक र कलामा जिल्लाका ६० वटा भन्दा बढि विद्यालयका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइएको थियो ।

प्रत्येक विधामा विजेता, प्रथम रनर अप र दोस्रो रनरअपले नगद पुरस्कार प्राप्त गरेका थिए । विजेताले नगद १५ हजार रुपैयाँ, प्रथम हुनेले १० हजार रुपैयाँ र दोस्रो हुनेले आठ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । 'एसओएस' का विद्यार्थीहरू चाँडैनै यी सफलताहरू उपलब्धि पाउनु विद्यार्थीको मिहिनेत र अभिभावकको मात्रै लगानी नभएर दरिलो व्यवस्थापनका कारणनै विद्यालयले जिल्लादेखि राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।

Open photo

अभिभावहरू आफ्नो बालबालिकाकको गुणस्तरीय शिक्षाको लागि राजधानीनै कुद्नु पर्ने बाध्यताको केहीहदसम्म यस 'एसओएस' अन्त्य गरेको यस विद्यालयमा आफ्ना बालबालिकालाई अध्यन गराइरहेका कतिपय अभिभावकहरूको भनाइ छ । 'जग बलियो त घर बलियो' बने झैं विद्यालयको व्यवस्थापन कस्तो छ ? ती कुराले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा असर देखापर्छ । एसओएसका विद्यार्थीहरूले यति चाँडो यी उपलब्धि हासिल गर्नु दरिलो व्यवस्थापन नै हुन् ।

यति छोटो समयमा (२ बर्ष) मा 'एसओएस' विद्यालयले विद्यार्थीहरू लाई अनुसन्धानात्मक सिकाइको प्लेटफर्म दिएर विद्यार्थीहरूमा सृजनात्मक क्षमताको विकास लागि विभिन्न शैक्षिक गतिविधि गराउँदै आएको विद्यालय संचालक समितिका अध्यक्ष तथा निर्देशक सुदिपराज कुशवाहाले भनेका छन् । 'फलस्वरूप, हाम्रा विद्यार्थीहरू आज आफ्नो सृजनात्मक देखाउँदै विज्ञान प्रदर्शनीमा २ विधामा प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।'

निर्देशक कुशवाहाका अनुसार २१ औं शताब्दीको शिक्षा विद्यार्थीहरूलाई यो नयाँ संसारमा सफल हुन आवश्यक पर्ने सीपहरू दिने र ती सिपहरू अभ्यास गर्ने आत्मविश्वास बढाउन मद्दत गर्नु हो । अहिले यत्ति धेरै जानकारी सजिलैसँग विद्यार्थीहरू लाई उपलब्ध छ कि २१ औं शताब्दीका सिपहरू विकास गर्न एकअर्का लाई बुझाउन र प्रयोगमा ल्याउन सहज भएकोछ । निर्देशक कुशवाहाले अगाडि थप्दै भने 'खासमा हाम्रो विद्यालयले बच्चाहरूमा निम्न अनुसारको २१ औं शताब्दी सिकाईका सिपहरू विकास हुने गरी शैक्षिक क्रियाकलापहरू गर्दै/गराउँदै आइरहेको छ ।'

ति सिपहरूलाई निर्देशक कुशवाहाले यसरी व्याख्या गरेका छन् । रचनात्मकता, आलोचनात्मक सोच, संचार र सहकार्य यी चार विषयवस्तुहरू विषयको रूपमा शिक्षण हुन्छ भन्ने होइन् तर के हो भने शैक्षिक योजना र रणनीति यस्तो तरिकाले बनाईनु पर्छ कि यी सिपहरूको विकास बच्चामा होस् । रचनात्मकता भनेको नयाँ तरीकले सोच्ने, नयाँ समबन्धहरू स्थापित गर्ने र बनाउने र समस्याहरूको नवीन समाधानहरू खोज्नु हो । आलोचनात्मक सोच भनेको जानकारीहरूको विश्लेषण र आलोचना गर्न सक्नु हो । सञ्चा सीप भनेको विषयवस्तु राम्रोसँग बुझ्नु हो र आफुले जानेको बुझेको कुरा अरू समक्ष स्पष्ट रूपमा राख्न सक्नु हो ।

सहकार्य भनेको समुहमा कार्य गर्न सक्नु, एक अर्कालाई सहयोग गर्नु, सामुहिक भावना राखेर कार्य गर्नु हो । शिक्षा भनेको विगतको आवश्यकता र सान्दर्भिकता को आधारमा खोज अनुसन्धान गरेको बिषयवस्तु मस्तिष्कमा थुपार्नु मात्र होइन्, द्रुत गतिमा परिवर्तन भै रहेको विश्व परिवेशमा आफु लाई समायोजन गर्न सक्ने सिपको विकास गरी सशक्तिकरण हुनु पनि हो ।

प्रतिक्रिया दिनुहोस

सुरुङ्गा नगरपालिकाको ...

जग जिवन राम, सुरुङ्गा २४ बैसाख सप्तरीको सुरुङ्गा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य शाखामा औषधी अभ ...

ट्राफिक प्रहरी कार्य ...

कपिलवस्तु, बैशाख २३ कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा ट्राफिक प्रहरी कार्य ...

राष्ट्रिय महाधिवेशन ...

जनकपुरधाम, बैशाख २३ । जनता समाजवादी पार्टी नेपाल एकताको प्रथम राष्ट्रिय महाधिवेशन समितिको उदघाटन सत् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१