Siraha Times
ताजा समाचार

चैत्र १३ गते नेपाली कांग्रेसको बलाबाखरमा बिशाल आमसभा

  • चैत ११, २०७५
  • ९१४ पटक पढिएको
  • राजन सिंह
alt

राजन कुमार सिंह चैत ११ नेपाली कांग्रेस धनुषाले आउंदो चैत्र १३ गते शहिदनगर नगरपालिका वडा नं. १ बलाबाखरमा बिशाल आमसभाको आयोजना गर्ने भएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी हुने आम सभाको तयारी तिव्र रुपमा भईरहेको नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरीले बताएका छन । आमसभामा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्य रामकृष्ण यादव , महेन्द्र यादव , आनन्द ढुंगाना लगायतका नेताहरु सहभागी हुनेछन । आमसभामा २० हजारभन्दा बढिको सहभागिता रहने नेपाली कांग्रेस धनुषा सचिव विशेश्वर यादवले जानकारी दिएका छन । कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको र सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले विरोधमा आम सभा हुने अध्यक्ष गिरीले बताएका छन । सोही दिन शहिदनगर वडा नं. १ बलाबाखर स्थित शहिद रामसेबक यादव (खलिफा) को शालिक अनावरण समेत गरिने जनाईएको छ । यादवको माओवादी जनयुद्ध कालमा २०५८ साल चैत १६ गते होली पर्वको दिन राती गोली दागी हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१