Siraha Times
ताजा समाचार

नेका नगरकमिटिले मध्यमा परिक्रमा विश्राम स्थलहरुको अध्यन अवलोकन भ्रमण गर्ने

  • चैत ३, २०७५
  • ९०४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर कुमार मंडल चैत ३ नेपाली कांग्रेस जनकपुरधाम नगर कमिटिले १५ दिने मध्यमा परिक्रमा विश्राम स्थलहरुको अध्यन अवलोकन भ्रमण गर्ने भएको छ । नेपाली कांग्रेस जनकपुरधाम नगर कमिटिले आईतवार एक पत्रकार सम्मेलनको आयोजना गरि चैत ५ गते बिहान ६ बजेदेखि अध्यन अवलोकन गर्ने जनाएको छ । जनकपुरधामलाई पर्यटकीय नगरीको रुपमा विकास गर्ने उद्देश्यले हुन लागेको सो अवलोक हनुमान नगरबाट शुरु भई १५ दिने मध्यमा परिक्रमा सम्पुर्ण विश्राम स्थलहरुको अवलोकन गर्ने जनाईएको छ । भ्रमण कल्याणेश्वर, गिरिजास्थान, मठिहानी, महोत्तरीको जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन , पर्वता, धनुषाधाम, सतोषर, औरही र विसौल हुदैं पुन ः जनकपुर पुगी सम्पन्न हुने छ । अध्यन अवलोकनमा संयौको संख्यामा नेपाली कांग्रेसका नेता कार्यकर्ता लगायत स्थानीयहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा जनाईएको छ । कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेस जनकपुरधाम नगर समिति सभापति मनोज साहले सबैलाई आग्रह गरेको छ । पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता प्रफुल्ल राज घिमिरे , गणेश तिवारी , पुर्व नगर अध्यक्ष धिरेन्द्र मोहन झा , गणेश झा , गौ संरक्षण मंचका अध्यक्ष जगदीश महासेठ सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

कर्जन्हा नगरपालिकामा ...

ओम प्रकाश यादव लहान वैशाख ८ । कुपोषण न्यूनीकरण तथा बालबालिका,गर्भवती र सुत्केरी महिलाको पोषण अवस्थाम ...

अब्बल कपिलवस्तु प्रा ...

कपिलवस्तु , बैशाख ८    । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढा ...

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१