Siraha Times
ताजा समाचार

वर्तमान सरकार प्रचारमुखी ः पुर्व प्रधानमन्त्री देउवा

  • फागुन १९, २०७५
  • ९१५ पटक पढिएको
  • राजन सिंह
alt

एलिना सिंह जनकपुरधाम फागुन १९ गते । नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार कार्यमुखीभन्दा प्रचारमुखी बढी रहेको बताएका छन् । उनले वर्तमान सरकार काम गर्नुको साटो प्रचार गर्नमै व्यस्त रहेको आरोप लगाए । जनकपुरधाममा आईतवार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार काम गर्नुभन्दा बढी ठुल्ठुला भाषणबाजीमा माहिर रहेको बताएका हुन् ।

उनले भने ‘मुलुकमा हत्या, हिंसा, बलात्कार जस्ता घटना बढ्दै गएका छन् तर वर्तमान सरकार भने ठुल्ठुला भाषणमै व्यस्त छ ।’ वर्तमान सरकार वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता हनन् गर्न लागिपरेको आरोप लगाउँदै सभापति देउवा कांग्रेस यसका लागि लडिरह्ने दाबी गरे । उनले भने‘ नेपालमा संघियता संस्थागत हुने क्रममा छ, अब संघियतालाई कसैले समाप्त पार्न सक्दैन ।’एक फरक प्रसंगमा बोल्दै पुर्व प्रधानमन्त्री देउवाले वर्तमान सरकार जनताको अभिव्यतिm स्वतन्त्रता , वाक स्वतन्त्रता र जनताको सुसुचित हुने अधिकारलाई कुण्ठित पारेको आरोप लगाए । उनले सरकारले प्रेसलाई नियन्त्रण गर्न खोजिए लोकतन्त्र कमजोर हुने चिन्ता व्यक्त गरेका छन ।

नागरिकलाई कुनै पनि बहानामा सूचनाको हकबाट बंचित गरिए र पत्रकारहरुमाथि अंकुश लगाई नेपाली कांग्रेस चुप लागेर नबस्ने बताएका छन । नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंहको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका उप सभापति बिमलेन्द्र नीधि , केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगाना , रामकृष्ण यादव , महेन्द्र यादव , प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , नेका.धनुषा सभापति महेशशंकर गिरी , उपसभापति संतोष यादव , सचिव बिशेश्वर यादव , युवा नेता प्रफुल्ल राज घिमिरे सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१