Siraha Times
ताजा समाचार

आईएनजिओहरुलाई प्रदेश सरकारसंग समन्वय गर्न जोड

  • चैत २०, २०७४
  • ५४९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता लहान २० चैत । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यस प्रदेशमा आईएनजिओहरुले आफु खुशी कार्यक्रम वितरण गरिरहेकोले यसप्रति आपत्ती जनाएको छ । उहांले प्रदेश २ को अवस्था स्थितिलाई मध्यनजर गरी प्रदेश सरकारसंग समन्वय गरेर अघि बढ्न बताएका छन् । आज पत्रकार भेटघाटमा यस्तो कुरा बताउंदै मधेश र मधेशीको पीडामा मलहम लगाउंने दातृ संस्थाहरुले सदुपयोग हुने क्षेत्रमा काम गर्न जोड दिनुभयो । यसैक्रममा प्रदेश २ मा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । प्रदेश २ मा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै उहांले सरकारले लगानी सुरक्षाको ग्यारेन्टी गर्ने पनि बताउंनुभयो । मुख्यमन्त्री राउतले भने ‘वातावरण बनाउने काम प्रदेश सरकार हो , छिटोभन्दा छिटो लगानीको वातावरण बनाउन प्रदेश सरकार प्रतिवद्ध छ ।उहांले प्रदेश २ को विकासका लागि आफूले तयार पारेको १०० दिने कार्ययोजनामा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । सबैको प्रयासबाट प्रदेशमा समृद्धि आउने भन्दै उहांले निजी क्षेत्रको लगानीको सुनिश्चितता गर्ने वातावरण सरकारले निर्माण गर्ने बताउंनुभयो । आईएनजिओहरु प्रदेशमा आफुखशी स्थानीयतहसंग सम्झौता गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१