Siraha Times
ताजा समाचार

सिमा अत्तिक्रमण विरुद्ध नाराबाजी, ठाढीमा खुलाआम मदिरापान

  • फागुन १५, २०७५
  • ११८१ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, १५ फागुन । सिरहाको ठाढी सीमा क्षेत्रमा भारतीय नागरिक र सीमा सुरक्षाबलले गरेको सीमा अतिक्रमण र ज्यादतीको विरोधमा नारावाजी गरेको छ । लौकहामा भारतीयपक्षले दशगँजामै कस्टम कार्यालय सँचालन गरि नेपालको भूमि अतिक्रमण गरिएको स्थानीयको आरोप छ । यो सँगै भारतीय नगरिकहरुले दशगँजामै घर टहरा निर्माण गरी नेपाली भूमि अत्तिक्रमण गरिएको छ । दशगँजालगायत नेपालको भूमि अत्तिक्रमण रोक्न स्थानीयवासीसहित नेकपा (क्रान्तिकारी माओवादी) बैद्य पक्षले शान्तिपूर्ण रुपमा ठाढीमा नारावाजी गरिएको छ । माओवादीका नेता कार्यकर्ताहरुले भारतीय विस्तारवाद र नेपाल सरकारको राष्ट्रघाती चरित्रका विरुद्ध चर्को नाराबाजी गरेका छन् । माओवादीका सिपी गजुरेल र कृष्णदेव सिँहको नेतृत्वमा सीमा अतिक्रमणको विरोधमा फागुन ८ गते जुलस प्रदर्शन गरिएकोे छ ।

नेपालको ठाढी र भारतको लौकहा सिमाक्षेत्रमा भारतीयहरु अत्तिक्रमण गर्दा स्थानीयहरुबीच ६ पटक विवाद भएको ठाढीका रामकुमार यादवले बताए । विवाद हुँदा भारतीय एसएसबी र भारतीय नागरिकले सो कस्टम कार्यालय तथा घर टहरा हटाउँने सहमति गरिएपनि हालसम्म नहटाएको बर्षो भएको छ । अत्तिक्रमण रोक्न र दशगँजाबाट कस्टम कार्यालय हटाउँन सिरहाका अधिकारीसमेतको छलफलमा स्वीकार गरिएपनि हालसम्म भारतीयपक्षले नहटाउँदा स्थानीयहरुले नाराबाजी गरिएको छ । यता, सिमादेखि पाँच सय मिटरमा मात्रै रक्सी तथा कारोबार गर्न पाइने प्रावद्यान रहेको छ । तर, ठाडीको सिमाक्षेत्रमा खुलाआम रक्सीपानको पसल खोलेर विक्री गरिरहेको छ । ठाढीमा खुलाआम घरेलु मदिरा खरिद विक्री भइरहेको छ । भारतको विहारमा मदिरा प्रतिबन्ध गरिएकोले सिमापारीका ग्राहकहरु नेपाल छिरेर मदिरापान गर्ने गरेको छ । यो सँगै रातारात संकलित मदिरा भारतसमेत पठाउँने गरेको खुलासा भएको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१