Siraha Times
ताजा समाचार

अषाढ १५ धुमधामसाथ मनाइँदै

  • असार १५, २०८०
  • ९८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल आषाढ़ १५ मधेष प्रदेश । कपिलवस्तु जिल्लाको तिलौराकोट राज्यमा तत्कालिन राजा शुदधोनले सुनको हलोले खेत जोतेर धान रोप्न चलनको शुरुवात गरेका थिए । नेपालले वि. सं २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपमा घोषणा गरेसँगै ठाउँनुसार आषाढ़ १५ मनाइँदै छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता बमोजिम यस दिन रोपाइलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ ।

हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन । "रोप न रोप रोपारै रानी म पँज्याईदिउँला बीऊ हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घीउ असार मास छिप छिपे हिलो खै लाग्यो फालीमा बुवालाई भनि भुरुल्ली काटेँ ओइलायो आलिमा "यसरी गीत गाएर मनाइन्छ रोपाइँ पर्व । मानो रोपेर मुरी फलाउने दिनका रूपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ । खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ ।

वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको हो । आज मधेश प्रदेश लगाएत देशका विभिन्न भागमा यो उत्सव मनाईरहेको अवस्था रहेको छ । समयमा वर्षा नभएपछि किशानहरुले वैकल्पिक ब्यबस्था गरेर आफ्ना खेतहरुमा रोपाइँ थालेको अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान, भदौ १९ । रसुवामा आएको विनाशकारी बाढीमा आफ्ना नागरिक गुमाएको पीडामा रहेको सप्तरी ...

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१