ताजा समाचार

लहान नगरपालिकाद्वारा किशान परिचय पत्र वितरणको थालनी

  • जेठ २५, २०८०
  • १४०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल जेठ २५ । सिरहाको लहानमा किसान परिचय पत्र वितरण कार्यक्रमको औपचारिक शुरुवात भएको छ । कृषि संयोजक बद्रीनारायण चौधरी ज्यूको अध्यक्षता र लाहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरी ज्यूको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा करिब ३०० किसानहरूको सहभागिता रहेको थियो । कृषि विकाश शाखा लहानको आयोजनामा आयोजित कार्यक्रममा करिब ११ जना स्थानीय किसानहरुलाई परिचय पत्र वितरण गर्दै मेयर चौधरीले किशान परिचय पत्रको औपचारिक शुरुवात गर्नू भएको हो । लहान नगरपालिकाको वाडा नंबर १२ को भोटिया टोल पडरीयाबाट किसान परिचय पत्रको पहिलो वितरण थालिएको नगरका कृषि विकास अधिकृत प्रकाश शाह हलुवाई ज्यूले वताउनु भएको छ । लहान नगरपालिकाले बास्तविक किसानहरूको पहिचानको लागि थालनी गरेको परिचय पत्र वितरण कार्य पालिकाभित्रका बिभिन्न वडाहरूबाट सहजै अब लिन सकिने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤