Siraha Times
ताजा समाचार

नेविसंघको केन्द्रिय अध्यक्षमा यसपालि मेरो जित सुनिश्चित छ : संजिप यादव

  • फागुन ९, २०७५
  • ६३५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर मण्डल जनकपुरधाम, ९ फागुन । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रिय अध्यक्षमा आफ्नो जित सुनिश्चित रहेकोे युवा नेता संजिप यादवले दाबी गरेका छन् । १२औं अधिबेशनबाट नेतृत्व दाबी गर्दै उनले त्यसका लागि पार्टीका कार्यकर्ता एंव शिर्ष नेताहरूसँगको छलफलमा तीव्रता दिएका छन् । विगतको निर्वाचनमा पार्टीले ऐतिहासिक हार व्यहोर्नु परेकाले पार्टीका मेरुदण्ड मानिएका भातृ संगठन नेविसंघलाई बलियो बनाउन महत्त्वपूर्ण रहेको भन्दै अब नेविसंघको नेतृत्व सम्हाल्नका लागि आफ्नो आवश्यकता रहेको औल्याउँदै उनले जित आफ्नै पोल्टामा हुने दाबी गरे । विगतमा नेविसंघको सदस्य पदमा एक कार्यकाल सफलता पूर्वक निर्वाह गरिसकेका यादव लोकप्रिय एवं चर्चित युवा नेताको रूपमा चिनिन्छ । उनी पार्टीका वरिष्ठ नेता राम चन्द्र पौडेल, महामन्त्री संशाक कोइराला र वर्तमान कोषाध्यक्ष सीता यादवको नजिक भएको मानिन्छ । हाल नेविसंघको उमेर हद लागु नगरी तदर्थ समिति गठनको तयारी भइरहेको छ । नेविसंघको विधानमा १२ औं महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागु गर्ने उल्लेख भएपनि महाधिवेशन नहुन्जेलसम्म उमेर हद नलगाई तदर्थ समिति बनाउने तयारीलाई नेताहरुले तीव्रता दिएको छ ।
 
 
 
 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१