Siraha Times
ताजा समाचार

भ्यालेनटाईन डेको दिन आमा बुबाको दिव्य पूजन

  • फागुन २, २०७५
  • १२६९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजन कुमार सिंह फाल्गुन २ विदेशी संस्कृतिको प्रभावमा युवाहरु लिप्त भईरहेको समय राधाकृष्ण योग सेवा केन्द्रले आदर्श आमा बुबाको दिव्य पूजन समारोहको आयोजना गरी आमा बुबालाई पुजा गरी समारोह मनाएको हो । युवाहरुले भ्यालेनटाईन डे अर्थात प्रणय दिवस मनाईरहदा दिव्य पूजन समारोहको आयोजना गरी आमा बुबालाई पुजा गरिएको हो । प्रणय दिवस युवा युवतीले प्रेम गरी मनाउने होईन कि बुबा आमालाई प्रेम र पुजा गरी मनाउनुपर्ने केन्द्रको धारणा छ । कार्यक्रममा प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आमा बुबाको पुजन गर्ने यस दिवसलाई आदर्श चरित्र निर्माण दिवसका रुपमा ग्रहण गर्नु आवश्यक रहेको बताएका छन । उनले आफुभन्दा ज्येष्ठलाई सम्मान तथा सानालाई आशिर्वाद दिने जस्ता सँस्कारको क्रम बृद्धि हुन सके समाजमा असल चरित्र निर्माण हुने बताएको छ । साथै उनले माता पिताको कहिल्यै पनि चित्त दुखाउन नहुने धारणा राख्दै आमा बुबालाई श्रद्धापुर्वक सम्मान तथा पुजा गर्नुपर्ने बताएका छन । एउटा अर्को प्रसङमा उनले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जिल्लाको सरकारी कार्यालय लगायत बिभिन्न ठाउँमा गएर आफै गरेको अनुगमण कार्य सराहनीय रहेको भन्दै प्रशंसा समेत गरेका छन । कार्यक्रममा अध्यक्षता गरेका योग गुरु बिनय भाईले माता पितालाई अनादर गर्न नहुने भन्दै सम्मा गर्न श्रवणकुमार बाट हामीले पाठ सिक्नुपर्ने बताएका छन । सँसारमा आमाभन्दा ठुलो माया र प्रेम कसैको हुन नसक्ने दावी समेत गरे । त्यसैले आमाको सम्मान तथा पुजा पाठ गर्नुपर्ने धारणा राखे । त्यस्तै, कार्यक्रममा बोल्दै गौ सँरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले अहिलेको समयमा भाई भाई, पति पत्नी, आमा छोरा, बुबा छोरा बिचको सम्बन्धहरु पहिलेको जस्तो नरहेकोले संस्कारहरु हराउँदै गईरहेको प्रति चिन्ता व्यक्त गरे । एक अर्को प्रसङमा उनले प्लाष्टिको बढ्दो प्रयोगले मानिसमा क्यान्सरको खतरा बढ्ने भन्दै प्लाष्टिक मुक्त समाजको निर्माण गर्नुपर्ने धारणा राखे । प्लाष्टिक खाएर गाईहरुको जिवन नै खतरामा पर्ने समस्याहरु समेत रहेको बताए । यस्तै, कार्यक्रमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले मधेशमा दहेज, बालबिवाह जस्ता कुसंस्कारहरु बढ्दै गईरहेको प्रति चिन्ता व्यक्त गर्दै यसलाई निर्मुल पार्न आवश्यक रहेको बताए । त्यस्तै , बृद्धाहरुलाई बृद्धा आश्रममा बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । कार्यक्रममा बृद्धा आश्रमका बृद्धाहरुलाई पुजा तथा सम्मान गरिएको थियो । कार्यक्रममा योग गुरु बिमल पंडित, सामाजिक अभियन्ता भोगेन्द्र लाल कर्ण, तथा साधक साधिकाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१