Siraha Times
ताजा समाचार

सन्दीपले राजस्थानबाट आइपिएल खेल्ने

  • चैत १५, २०७९
  • १३६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम ! तीव्र गतिका बलर सन्दीप शर्माले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ राजस्थान रोयल्सबाट खेल्ने भएका छन् । तीव्र गतिका बलर प्रसिद्ध कृष्णा चोटका कारण घाइते भएपछि राजस्थानले उनको स्थानमा सन्दीप शर्मालाई मौका दिएको छ । सन्दीप शर्माले आइपिएल अक्सनमा ५० लाख भारु मूल्य राखेका थिए । तर उनी अनसोल्ड हुन पुगेका थिए । सन्दीपले आइपिएलमा १ सय ४ खेलमा १ सय १४ विकेट लिँदै सानदार प्रदर्शन गरेका छन् । सन्दीप आइपिएलका एक सफल तीव्र गतिका बलरमा पर्दछन् । उनको उत्कृष्ट प्रदर्शनमा भारतले २०१२ को यू१९ विश्वकप उपाधि जितेको थियो । आइपिएलमा उनले २०१३ मा पन्जाब किंग्स ११ बाट सनराइजर्स हैदराबादविरुद्ध डेब्यू गरेका थिए । उनले पन्जाबबाट २०१७ सम्म खेलेका थिए । २०१८ देखि २१ सम्म सनराजर्स हैदराबादबाट खेलेका थिए । २०२२ मा उनी पन्जाब पुगेका थिए ।

सन्दीप एकै खेलमा रोयल च्यालेन्जर्स बेंगलोरका विराट कोहली, एवि डिभियलर्स र क्रिस गेललाई आउट गर्ने पहिलो बलर समेत हुन् । यस पटकको अक्सनमा उनी अप्रत्यासित रुपमा अनसोल्ड भएका थिए ।  गत वर्ष आइपिएलको फाइनलमा राजस्थान गुजरात टाइटन्ससँग ७ विकेटले पराजित भएको थियो । राजस्थानमा नवदीप सैनी, ट्रेन्ट बोल्ट, एडम जाम्पा, ओबेद म्याककोय र कुलदीप सेन जस्ता बलर छन् । जस बटलर, शिम्रन हेटमायर, सञ्जु स्यामसन, देवदत्त पाडिक्कल, यशस्वी जैसवाल र रियान पराग लगायतका ब्याटर छन् । आइपिएल शुक्रबारदेखि भारतमा सुरुहुनेछ ।

राजस्थानले आइतबार (अप्रिल २ मा) मा सनराइजर्स हैदराबादसँग खेल्दै सुरुवात गर्नेछ । रास्थानको टोली : सन्जु स्यामसन, जस बटलर, सन्दीप शर्मा, शिम्रन हेटमायर, ट्रेन्ट बोल्ट, देवदत्त पाडिक्कल, युजभेन्द्र चहल, जेशन होल्डर रविचन्द्रन आश्विन, यशस्वी जैसवाल, रियान पराग, नवदीप सैनी, एडम जाम्पा, जो रुट, ओबेद म्याककोय, डोनोभान फेरेरा, केएम आसिफ, केसी चरिप्पा, कुलदीप सेन, ध्रुब जुरेल, कुलदीप यादव, अब्दुल बसिथ, कुनाल सिंह राठोर, मुरुगन आश्विन र आकाश वशिष्ठ ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१