अधिकृत विवादमा वरियारपट्टी गाउँपालिका

  • फागुन १६, २०७९
  • ९६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार/लहान, १६ फागुन । सिरहाको दक्षिणी सीमावर्तीस्थित वरियारपट्टी गाउँपालिका गाउँकार्य पालिकाको कार्यकारी अधिकृत राजगिर महतो हुदाँहुदै नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा अशोक कुमार सिँह हाजिर भएपछि पालिकामा विवाद बढेको छ। नयाँ अधिकृत अशोक कुमार सिँह समान्य प्रशासन मन्त्रालयको पत्रका साथ आज दिउँसो १ बजे उपस्थित भएका थिए। सो पत्रमा तोक आदेश गरदिन हुन कार्यकारी प्रमुख प्रशासकीय अधिकृत राजगिर महतोलाई अनुरोध गर्दा अधिकृत महतोले तोक, चलानी नगरिदिँदा स्थानीय स्थानीयबीच होहल्ला तानातानी सहित झगडाको रुप लिइएको थियो । त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल शान्ति सुरक्षा दिइएका थियोे ।

यता, वरियारपट्टी गाउँपालिका अध्यक्ष संतोष कुमार महतोका अनुसार - हामीलाई कुनै जानकारी बिना उपस्थित भएका अशोक कुमार सिँहलाई स्वीकार्य नगर्ने बताएका छन्। अधिकृत सिँह पछिल्लो समय यसै पालिकाको कार्यकारी हुदाँ वरियारपट्टी गाउँपालिकामा व्यापक अनियमितता गरेको बताए । यो सँगै अधिकृत सिँह राजनीतिक दृष्टिकोणले पालिकामा आएको बताएका छन् । पालिका अध्यक्ष संतोष कुमार महतोका अनुसार - हाम्रो कामकाजलाई पछिपार्ने भ्युसँगै विकास र समृद्धिमा खोँट पुर्‍याउने उदेश्यले आएको कुनै नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वीकार्य नगर्ने बताएका छन्। यता, नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका अशोक कुमार सिँहलाई सोध्दा - यस अघि तपाईं कुन पालिकामा थियो ? भन्ने प्रश्न गर्दा - यहाँ मिडियाबाजी नगरिदिनु होला भनेर आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईन नगरस्तर ...

बोदे बर्साईन , सप्तरी : २८ पौष : उमेश कुमार साह बोदे बर्साईन : स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लाग ...

घर–आँगनमै मधुमेह जाँ ...

रहमुल लहान, २८ पुस । सप्तरीको बोदे बर्साईन नगरपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर् ...

राष्ट्रसेवक सहकारीको ...

रहमुल, लहान, २८ पुस । “एकको लागि सबै र सबैका लागि एक” भन्ने मूल नारालाई आत्मसात गर्दै रा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१