Siraha Times
ताजा समाचार

अधिकृत विवादमा वरियारपट्टी गाउँपालिका

  • फागुन १६, २०७९
  • १०९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार/लहान, १६ फागुन । सिरहाको दक्षिणी सीमावर्तीस्थित वरियारपट्टी गाउँपालिका गाउँकार्य पालिकाको कार्यकारी अधिकृत राजगिर महतो हुदाँहुदै नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा अशोक कुमार सिँह हाजिर भएपछि पालिकामा विवाद बढेको छ। नयाँ अधिकृत अशोक कुमार सिँह समान्य प्रशासन मन्त्रालयको पत्रका साथ आज दिउँसो १ बजे उपस्थित भएका थिए। सो पत्रमा तोक आदेश गरदिन हुन कार्यकारी प्रमुख प्रशासकीय अधिकृत राजगिर महतोलाई अनुरोध गर्दा अधिकृत महतोले तोक, चलानी नगरिदिँदा स्थानीय स्थानीयबीच होहल्ला तानातानी सहित झगडाको रुप लिइएको थियो । त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल शान्ति सुरक्षा दिइएका थियोे ।

यता, वरियारपट्टी गाउँपालिका अध्यक्ष संतोष कुमार महतोका अनुसार - हामीलाई कुनै जानकारी बिना उपस्थित भएका अशोक कुमार सिँहलाई स्वीकार्य नगर्ने बताएका छन्। अधिकृत सिँह पछिल्लो समय यसै पालिकाको कार्यकारी हुदाँ वरियारपट्टी गाउँपालिकामा व्यापक अनियमितता गरेको बताए । यो सँगै अधिकृत सिँह राजनीतिक दृष्टिकोणले पालिकामा आएको बताएका छन् । पालिका अध्यक्ष संतोष कुमार महतोका अनुसार - हाम्रो कामकाजलाई पछिपार्ने भ्युसँगै विकास र समृद्धिमा खोँट पुर्‍याउने उदेश्यले आएको कुनै नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वीकार्य नगर्ने बताएका छन्। यता, नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका अशोक कुमार सिँहलाई सोध्दा - यस अघि तपाईं कुन पालिकामा थियो ? भन्ने प्रश्न गर्दा - यहाँ मिडियाबाजी नगरिदिनु होला भनेर आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१