Siraha Times
ताजा समाचार

लक्ष्मीनियाँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा स्थानीयद्वारा तालाबन्दी

  • फागुन १४, २०७९
  • ७९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, १४ फागुन । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्षहरूले ताला लगाएका छन् । प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको कार्यकक्षमा वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादव, वडा नम्बर–५ का वडाध्यक्ष दुखरण यादव, वडा नम्बर–६ का वडाध्यक्ष महाविर साह र वडा नम्बर–७ का वडाध्यक्ष गंगा साहले तालाबन्दी गरेका हुन् । वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादवले दिउँसो २ बजेसम्म पनि प्रमुख प्रशासकीय अधिकृत यादव र फाँटका कर्मचारीहरू कार्यालयमा उपस्थित नभएकोले गाउँपालिकाका जनताहरू काम नै नगराई खालि हात घर फर्किन बाध्य हुँदा आफूहरूले तालाबन्दी गरेको बताए । उनले भने, ‘दिउँसो २ बजेसम्म पनि कार्यालय नआउने हाकिम र कर्मचारीको के काम ? जनताको काम हुनुपर्नेमा कर्मचारी नै नआउँदा सबै आजित भएका छन् ।

जनताको कामका लागि हामी कुटाई खान पनि तयार छौं । समस्या समाधान नभए भोलिको दिनमा हामी थप सशक्त आन्दोलन गर्नेछौं ।’ उनले लक्ष्मीनियाँ गाउँपालिकामा करारका कर्मचारी हटाएर खुला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति भर्ना गरी नमूना गाउँपालिका बनाउने अभिप्रायले कार्यपालिका बैठकले निर्णय गरेको भएपनि अध्यक्ष भोगेन्द्र मिश्र र प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव मिलेर करारका कर्मचारी नहटाई खुला प्रतिस्पर्धा नै नगरेर आर्थिक चलखेल गरी आफ्नो नातागोता र खल्तीका मान्छेलाई नियुक्त गरेको आरोपसमेत लगाएका छन् । वडाध्यक्ष यादवले रोजगार सहायक, एमआईएस अपरेटरलगायतका पदका लागि दरखास्त आह्वान गरिएपनि नतिजा प्रकाशन थर्दा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आर्थिक चलखेल गरी नातावाद कृपावाद गरेको आरोप लगाए । उनले अहिले कार्यपालिकाका दुई तिहाई सदस्य उनीहरूको यस्तो कार्यको विरोधमा रहेको छ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१